नागरिकतासँगै प्यानकार्ड दिन चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष करको दायरा बढाएर राजस्व संकलन लक्ष्य पूरा गर्नुपर्ने धारणा राखेको छ।...

सम्बन्धित सामग्री

निर्यात प्रवर्द्धनका लागि एक्सपोर्ट हाउस खोल्न चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्द्धन सम्वन्धी ठोस नीति एवं योजना ल्याउन सरकारसँग माग गरेको छ । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भेटवार्तामा चेम्बरले निर्यात प्रवर्द्धनका लागि एक्सपोर्ट हाउसको अवधारणा ७ वटै प्रदेशमा अविलम्ब लागू गरी निर्यात उद्योगलाई प्रोत्साहन गर्न माग गरेको हो । मन्त्री रिजालसँगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले […]

करको दायरा बढाउन नागरिकतासँगै प्यानकार्ड दिन चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष करको दायरा बढाएर राजस्व संकलनको लक्ष्य पूरा गर्नुपर्ने प्रस्ताव गरेको छ । अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. महतलाई भेटेर करको दायरा बढाएर मात्र राजस्वको लक्ष्य पूरा गर्न सकिने बताएको हो । “करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाइनुपर्दछ” चेम्बरले भनेको छ, “यसका लागि नागरिकतासँगै प्यानकार्डको […]

बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बिम्स्टेक (बे अफ बंगाल इनिसिएटिभ फर मल्टी–सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन) राष्ट्रमा साझा सडक सञ्जाल बनाउन पहलका लागि भारतीय पक्षसँग आग्रह गरेको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड र म्यानमारमा साझा सडक सञ्जाल बनाएर व्यापार विस्तार गर्न चेम्बरले आग्रह गरेको हो । सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार महेन्द्र पी लामा र भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी)का वरिष्ठ सल्लाहकार अवजित कुमार बेजबारुवासँग जमलस्थित चेम्बर भवनमा भएको भेटवार्तामा चेम्बरले बिम्स्टेक राष्ट्रमा सडक पूर्वाधार विकाससँगै व्यापारिक वातावरण सहज बनाउन आग्रह गरेको हो । सडक सञ्जाल बलियो बनाएर व्यावसायिक वातावरण सहज बनाउन सकिए आर्थिक रूपमा बिम्स्टेका सदस्य सबै राष्ट्रले ठूलो लाभ प्राप्त गर्न सक्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । दक्षिण एसियाली राष्ट्रमा सडक पूर्वाधार विकास गरेर आर्थिक विकासको साझा लक्ष्य प्राप्त गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । भारतसँगको उच्च व्यापार घाटा न्यूनीकरणका लागि नेपालको निर्यात सहजीकरण हुनुपर्ने अध्यक्ष मल्लले बताए । दुई मुलुकबीचका सीमा नाकाहरूमा सहजीकरण र सडक सञ्जालको स्तरोन्नति गरेर व्यावसायिक वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । ‘नेपालको करीब ७० प्रतिशत व्यापार घाटा भारतसँग छ । नेपालले निर्यात गर्दा हुने कठिनाइ अन्त्य गर्न पहल गरिदिन आग्रह गर्दछु,’ उनले भने । नेपालको विद्युत् भारत र बंगलादेशमा सर्वसुलभ निर्यात गर्न सक्ने वातावरण निर्माणका लागि पनि पहल गर्नुपर्नेमा उनले जोड दिए । नेपालको पर्यटन, जलविद्युत् र अन्य भौतिक पूर्वाधारका क्षेत्रमा लगानीका लागि पनि उनले आग्रह गरे । नेपाल र भारतबीचको दुईपक्षीय व्यापारिक सम्बन्ध बलियो बनाउन आफूहरू प्रयासरत रहेको उनले बताए । भेटवार्तामा चेम्बरका पदाधिकारीले नेपाली व्यापारीले भारतमा निर्यात गर्दा भोग्नुपरेको समस्याबारे अवगत गराएका थिए । नेपाल भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार लामाले बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जालका लागि सम्भाव्यता अध्ययन भइरहेको बताए । नेपाल, भारत लगायत राष्ट्रमा भौतिक पूर्वाधार निर्माणमार्फत व्यापारिक गतिवधि विस्तारबारे केन्द्रीय स्तरमै छलफल भइरहेको उनको भनाइ थियो । साथै सीमामा नेपाली व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि आफूले पहल गर्ने उनले बताए ।

बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन भारतीय पक्षलाई चेम्बरको प्रस्ताव

माघ १८, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउनका लागि पहल गर्न भारतीय पक्षसंग आग्रह गरेको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलङका, थाईल्याण्ड र म्यानमारमा साझा सडक सञ्जाल बनाएर व्यापार विस्तार गर्न चेम्बरले आग्रह गरेको हो । सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार महेन्द्र पी लामा र नर्थ इस्ट डिभेलपमेन्ट […]

ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशलाई चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ । नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको भन्दै बंगलादेशसँग विद्युत व्यापारका लागि चेम्बरले आग्रह गरेको हो । नेपाल बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बंगलादेशी दूतावासमा शुक्रबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले यस्तो आग्रह गरेका हुन् । नेपाल, भारत र बंगलादेशबीच भएको विद्युत व्यापार सम्वन्धी त्रिपक्षीय सम्झौताको व्यवहारिक कार

पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न श्रीलंकालाई चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले सार्क सदस्य राष्ट्र श्रीलंकासँग पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न प्रस्ताव गरेको छ ।नेपालका लागि श्रीलंकन राजदूत हिमाली शुभासिनी अरुनातिलकासँग भएको भेटवार्तामा अध्यक्ष राजेन्द्र मल्लले पर्यटन सेवामा सहकार्यमार्फत दुवै मुलुकले आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए ।आगामी बुद्ध जयन्तीको अवसरमा नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उडानको सुरु गर्न लागेको भन्दै अध्यक्ष मल्लले सीधा हवाई […]

पर्यटन प्रबर्द्धनमा सहकार्य गर्न श्रीलङ्कालाई चेम्बरको प्रस्ताव

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले सार्क सदस्य राष्ट्र श्रीलङ्कासँग पर्यटन प्रबर्द्धनमा सहकार्यका लागि प्रस्ताव गरेको छ । नेपालका लागि श्रीलङ्कन राजदूत हिमाली शुभासिनी अरुनातिलकासँग जमलस्थित चेम्बर भवनमा शुक्रबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन प्रबर्द्धनमा सहकार्यका लागि प्रस्ताव गरेका हुन् । अध्यक्ष मल्लले पर्यटन सेवामा सहकार्यमार्फत् दुवै मुलुकले आर्थिक समृद्धि हासिल गर्नुपर्ने पनि बताए […]

श्रीलङ्कासँग पर्यटन प्रवर्द्धन सहकार्य गर्न चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले सार्क सदस्य राष्ट्र श्रीलङ्कासँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव राखेको छ । नेपालका लागि श्रीलङ्काकी राजदूत हिमाली शुभासिनी अरूनातिलकासँग जमलस्थित चेम्बर भवनमा शुक्रबार भएको भेटवार्तामा अध्यक्ष राजेन्द्र मल्लले पर्यटन सेवामा सहकार्यमार्फत दुवै मुलुकले आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका हुन्‌ । आगामी बुद्ध जयन्तीको अवसरमा नेपालले दोस्रो अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उडानको शुरू गर्न लागेको भन्दै अध्यक्ष मल्लले सीधा हवाई सम्पर्क बढाउन पन

दक्षिण अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारी गर्न चेम्बरको प्रस्ताव

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्सले अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारीको  प्रस्ताव गरेको छ । नेपालका लागि बोत्स्वाानाका राजदूत जिल्बर्ट एस म्याङगोलसँग जमलस्थित चेम्बर भवनमा भएको भेटवार्तामा व्यापारिक सहकार्य गर्न चेम्बरले आग्रह गरेको हो । आर्थिक गतिविधि बढाउँदै लगेको बोत्स्वानाबाट हिराको कच्चा पदार्थ ल्याएर नेपालमा प्रशोधनमार्फत पुनः निर्यातको सम्भावना रहेकाले पहल गर्न चेम्बर अध्यक्ष राजेन्द्र मल्लले राजदूत म्याङगोलसँग आग्रह गरे । हिरा, तामालगायत वस्तुको निर्यातका लागि बोत्स्वाना विश्वमै प्रख्यात मानिन्छ । नेपाल र बोत्स्वानाबीच भौगोलिक दूरी टाढा भए पनि व्यापारिक माध्यमबाट आर्थिक गतिविधि बढाउन सकिने अध्यक्ष मल्लले बताए । नेपाल र बोत्स्वानाबीच सन् २००९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । भौगोलिक तथा शासकीय दृष्टिकोणले नेपाल र बोत्स्वाना समान भएकाले दुईपक्षीय लगानी, व्यापार, पर्यटनलगायत क्षेत्रमा सहकार्य गर्न अध्यक्ष मल्लले राजदूत म्याङगोलसँग आग्रह गरे । अध्यक्ष मल्लले जलविद्युत्, भौतिक पूर्वाधार तथा सेवा क्षेत्रमा लगानी गर्न सकिने बताए । ‘नेपालको जलविद्युत्, भौतिक पूर्वाधार, सेवा क्षेत्रमा थुप्रै मुलुकले लगानी गरिरहेका छन’, उनले भने, ‘हामी बोत्स्वानाका निजी क्षेत्रलाई लगानी सम्भाव्यता अध्ययनका लागि आग्रह गर्छौं । त्यसका लागि पहल गरिदिनुपर्‍यो ।’ नेपालको हस्तकलाका सामान, पस्मिना, जडीबुटी तथा चियाको माग विश्वमै उच्च रहेकाले बोत्स्वानामा पनि निर्यात गर्न चाहेको अध्यक्ष मल्लले जानकारी दिए । भेटमा राजदूत म्याङगोलले नेपालमा व्यापार सम्भावनाको खोजीका लागि पहल गर्ने प्रतिबद्धता जनाए । नेपालबाट निर्यातयोग्य वस्तुको बजारीकरणका लागि आफ्नो मुलुकका निजी क्षेत्रसँग उच्चस्तरीय भेटवार्ता गर्न सक्दो प्रयास गर्ने उनले बताए ।

दक्षिण अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारी गर्न चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारी गर्न प्रस्ताव गरेको छ । नेपालका लागि बोत्स्वानाका राजदूत जिल्बर्ट एस म्याङगोलसँग जमलस्थित चेम्बर भवनमा बिहीबार  भएको भेटवार्तामा व्यापारिक सहकार्य गर्न चेम्बरले आग्रह गरेको हो । उदयमान अर्थतन्त्र भएको बोत्स्वानाबाट हिराको कच्चा पदार्थ ल्याएर नेपालमा प्रशोधन मार्फत पुन: निर्यातको सम्भावना रहेकाले पहल गर्न चेम्बर अध्यक्ष राजेन्द्र मल्लले राजदूत म्याङगोलसँग आग्रह गरेका छन् ।हिरा, तामालगायत वस्तुको निर्यातका ल