दक्षिण अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारी गर्न चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारी गर्न प्रस्ताव गरेको छ । नेपालका लागि बोत्स्वानाका राजदूत जिल्बर्ट एस म्याङगोलसँग जमलस्थित चेम्बर भवनमा बिहीबार  भएको भेटवार्तामा व्यापारिक सहकार्य गर्न चेम्बरले आग्रह गरेको हो । उदयमान अर्थतन्त्र भएको बोत्स्वानाबाट हिराको कच्चा पदार्थ ल्याएर नेपालमा प्रशोधन मार्फत पुन: निर्यातको सम्भावना रहेकाले पहल गर्न चेम्बर अध्यक्ष राजेन्द्र मल्लले राजदूत म्याङगोलसँग आग्रह गरेका छन् ।हिरा, तामालगायत वस्तुको निर्यातका ल

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारी गर्न चेम्बरको प्रस्ताव

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्सले अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारीको  प्रस्ताव गरेको छ । नेपालका लागि बोत्स्वाानाका राजदूत जिल्बर्ट एस म्याङगोलसँग जमलस्थित चेम्बर भवनमा भएको भेटवार्तामा व्यापारिक सहकार्य गर्न चेम्बरले आग्रह गरेको हो । आर्थिक गतिविधि बढाउँदै लगेको बोत्स्वानाबाट हिराको कच्चा पदार्थ ल्याएर नेपालमा प्रशोधनमार्फत पुनः निर्यातको सम्भावना रहेकाले पहल गर्न चेम्बर अध्यक्ष राजेन्द्र मल्लले राजदूत म्याङगोलसँग आग्रह गरे । हिरा, तामालगायत वस्तुको निर्यातका लागि बोत्स्वाना विश्वमै प्रख्यात मानिन्छ । नेपाल र बोत्स्वानाबीच भौगोलिक दूरी टाढा भए पनि व्यापारिक माध्यमबाट आर्थिक गतिविधि बढाउन सकिने अध्यक्ष मल्लले बताए । नेपाल र बोत्स्वानाबीच सन् २००९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । भौगोलिक तथा शासकीय दृष्टिकोणले नेपाल र बोत्स्वाना समान भएकाले दुईपक्षीय लगानी, व्यापार, पर्यटनलगायत क्षेत्रमा सहकार्य गर्न अध्यक्ष मल्लले राजदूत म्याङगोलसँग आग्रह गरे । अध्यक्ष मल्लले जलविद्युत्, भौतिक पूर्वाधार तथा सेवा क्षेत्रमा लगानी गर्न सकिने बताए । ‘नेपालको जलविद्युत्, भौतिक पूर्वाधार, सेवा क्षेत्रमा थुप्रै मुलुकले लगानी गरिरहेका छन’, उनले भने, ‘हामी बोत्स्वानाका निजी क्षेत्रलाई लगानी सम्भाव्यता अध्ययनका लागि आग्रह गर्छौं । त्यसका लागि पहल गरिदिनुपर्‍यो ।’ नेपालको हस्तकलाका सामान, पस्मिना, जडीबुटी तथा चियाको माग विश्वमै उच्च रहेकाले बोत्स्वानामा पनि निर्यात गर्न चाहेको अध्यक्ष मल्लले जानकारी दिए । भेटमा राजदूत म्याङगोलले नेपालमा व्यापार सम्भावनाको खोजीका लागि पहल गर्ने प्रतिबद्धता जनाए । नेपालबाट निर्यातयोग्य वस्तुको बजारीकरणका लागि आफ्नो मुलुकका निजी क्षेत्रसँग उच्चस्तरीय भेटवार्ता गर्न सक्दो प्रयास गर्ने उनले बताए ।