काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई जनयुद्धदेखिका सहयोद्धा हुन्। ०५२ फागुन १ गतेबाट सुरू भएको १० वर्षे जनयुद्धको नेतृत्व प्रचण्ड र बाबुराम मिलेर गरे। ०६२-०६३ सालको जनआन्दोलनदेखि ०६४ को निर्वाचनमा दुई नेताबीच एकमत थियो। पार्टी पनि मजबुत नै थियो।पहिलो संविधानसभा निर्वाचनपछि दुवै नेता एक–एकपटक प्रधानमन्त्रीसमेत बने। प्रचण्ड ०६५ मा गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री भए भने बाबुराम ०६८ मा प्रधानमन्त्री भए। तर, समय चक्रसँगै दुई नेता फरक पार्टीको नेतृत्व गरिरहेका छन्