बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन् । योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । व्यास...

सम्बन्धित सामग्री

पाँच वटा सिँचाइ योजना अलपत्र

यस जिल्लाको पाँच वटा सिँचाइ योजनामा करोडौँ रुपियाँ खर्च भए पनि नहर तथा कुलोमा भने पानी बग्न सकेको छैन । सिँचाइ डिभिजन कार्यालयले योजना निर्माण कार्य पूरा नगर्दा मुख्यमन्त्री नमुना कृषि गाउँको जमिन बाँझो रहेको छ । मेलौली नगरपालिका–८, भम्त खोरडामा मुख्यमन्त्री नमुना कृषि गाउँमा लिफ्ट गरी सिँचाइका लागि २०७७ देखि २०८० सालसम्म एक करोड २० लाख रुपियाँ बजेट आए पनि योजना पूरा नहुँदा खेत बाँझो रहेको छ ।

सिँचाइ योजना अलपत्र, खेतीयोग्य जमिन बाँझो

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले सञ्चालन गरेको सिँचाइ योजना अलपत्र परेपछि किसान खेतीयोग्य जमिन बाँझो राख्न बाध्य भएका छन् । सिगास गाउँपालिका–१, स्यापागैर सिँचाइ योजना विगत चार वर्षदेखि अलपत्र परेको छ । सो कार्यालयले निर्माण सुरु गरेको योजना पूरा नहुँदा अधिकांश जमिन बाँझो भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २० लाख रुपियाँमध्ये १३ लाख रुपियाँ खर्च गरेर योजना सुरु गरेको हो । तर २०८१ साल आइसक्दासम्म योजना पूरा हुने/नहुने टुङ्गो लाग्न सकेको छैन । सिँचाइका लागि खरिद गरिएका पाइप जङ्गलमा अलपत्र छन्, केही पाइप आगोले पोलिएका छन् ।

एघार करोडको लिफ्ट सिँचाइ योजना अलपत्र

कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा निर्माणाधीन लिफ्ट सिँचाइ योजना अलपत्र परेको छ।

बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

तनहुँ – बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन्। योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ। व्यास नगरपालिका–५ को साँघे पतेनी सिँचाइ योजना, बन्दीपुर गाउँपालिका–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ गाउँपालिका–५ को अठारबिसे र व्यास–५ को याम्दी खोला चापटार […]

जाजरकोटका लिफ्ट सिँचाइ योजना अलपत्र

जाजरकोटमा सञ्चालनमा रहेका लिफ्ट सिँचाइ योजनाहरु अलपत्र परेका छन् । योजना निर्माण कार्य सम्पन्न भएको भनि जिल्ला कृषि विकास कार्यालयले सबैको भुक्तानी दिइसकेको भए पनि योजना भने अलपत्र परेका छन् । लिफ्ट गरेर भेरी नदीबाट ट्यांकीसम्म ल्याइएको पाइपले ट्यांकीसम्म नै नजोडी बीच बाटोमै अलपत्र पर्दा कृषकहरुलाई सिँचाइ गर्न समस्या भएको हो । भेरी नगरपालिका–१ रिम्ना […]

लिफ्ट सिँचाइ योजना दुई वर्षदेखि अलपत्र

सल्यानको बन्गाड कुपिण्डे नगरपालिका २ बामेको राइरा लिफ्ट सिँचाइ योजना दुई वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीले काम गर्नेभन्दा बढी लापरबाही गर्दा लिफ्ट सिँचाइ योजना अलपत्र परेको हो ।

३८ वर्षदेखि सिँचाइ योजना अलपत्र

सिद्धकुमाख गाउँपालिका–१ स्थित बाझकाँडा सिँचाइ योजना ३८ वर्षदेखि अलपत्र परेको छ । चाक्लिघाट, पटारे र बाझकाँडाका झन्डै ३ सय किसान परिवारको खेतमा सिँचाइ सुविधा पुर्‍याउने गरी २०४१ सालमा सिँचाइ योजनाको काम सुरु गरिएको थियो ।

३२ वर्षदेखि अलपत्र सिँचाइ योजना

कुमाख गाउँपालिका–२ स्थित टोटरेखोला–खारखोला सिँचाइ योजना ३२ वर्षदेखि अलपत्र परेको छ । योजना अलपत्र परेपछि खेतीयोग्य जमिन पाखो बारीमा परिणत भएको छ । योजनाको केही भाग बाढीले बगाएको छ भने केही भाग पुगिएको छ ।

३ दशकदेखि सिँचाइ योजना अधुरै

शारदा नगरपालिका–२ शीतलपाटीमा सिँचाइ गर्न ३ दशकअघि सुरु गरिएको शीतलपाटी–पटनेरी सिँचाइ योजना बीचैमा अलपत्र परेको छ । झन्डै ९० प्रतिशत निर्माण पूरा भएको योजना अलपत्र पर्दा स्थानीय सिँचाइका लागि सास्ती भोग्न बाध्य छन् ।

सिँचाइ योजना अलपत्र

भुमकेज्युला सिँचाइ आयोजना अढाई दशकदेखि अलपत्र परेको छ । लंकिनी खोलादेखि भुमकेज्युलासम्मको नहर मर्मतमा बेवास्ता हुँदा सिँचाइ आयोजना कामविहीन भएको हो ।