परम्परागत कला झल्काउने मेला सुरु

कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका चार स्थानमा लाग्ने ऐतिहासिक सांस्कृतिक मेला सुरु भएको छ । बाँकेको राप्ती नदी सिधनियाघाट, जानकी गाउँपालिकाको गुरुवागाउँ, जोगागाउँ र राप्तीसोनारीको टिकुलीपुरमा सोमबारदेखि सांस्कृतिक मेला सुरु भएको हो । कात्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको बिहानैदेखि भिड लागेको छ । नदीमा स्नान गर्न बाँकेलगायत भारतका विभिन्न स्थानबाट भक्तजन आउने गर्छन् । नदी तथा जलाशयमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान दिने गरिएको अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “यो स्नानको ठुलो महत्व छ, यो स्नान गर्नले माघेसङ्क्रान्तिका दिनको जति फल मिल्छ, यो सूर्य भगवान्को विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरीरमा चर्म रोगसम्बन्धी समस्यासमेत निराकरण हुन्छ ।”

सम्बन्धित सामग्री

हुम्लावासीले मनाए भुओ पर्व

सिमकोट – हुम्ला जिल्लाको अधिकांश क्षेत्री र ठकुरी गाउँ बस्तीमा भुओ पर्व धुमधामसाथ मनाइएको छ। बुधबार रातिबाट सल्लाको दियालो (झरो) को राँको बालेर परम्परागत ‘भुओ पर्व’ जिल्लाका सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको छ। भुओ पर्वको आफ्नै पहिचान झल्काउने कला संस्कृतिसहित प्रदर्शन गर्दै मनाइएको हो। जिल्लाका अधिकांश गाउँपालिकामा आ–आफ्नो गाउँ टोलबाट सुरु गरी विभिन्न […]

मिस अर्थमा रेनाले प्रस्तुत गरिन् पिपलको रुख झल्काउने ‘नेसनल कस्ट्युम’ (तस्वीर)

काठमाडौ । भियतनाममा जारी मिस अर्थ सुन्दरी प्रतियोगितामा मिस नेपाल अर्थ रेना मजगैयाले आकर्षक नेसनल कस्ट्युम प्रस्तुत गरेकी छन् । शनिबार बेलुका आयोजित प्रारम्भिक चरणको प्रतिस्पर्धामा उनले जलवायु परिवर्तन न्यूनीकरणको सन्देश दिन बढी अक्सिजन दिने पिपलको रुख र पातको शैलीमा तयार पारिएको नेसनल कस्ट्युम प्रस्तुत गरिन् । भियतनामको होचि मिन्ह सहरमा भैरहेको प्रतिस्पर्धामा परम्परागत पोशाक, […]

नगरकोटमा नेवा र नेपालीपन मिश्रित 'तायो इको रिसोर्ट'

काठमाडौं उपत्यका नजिकैको आर्कषक पर्यटकीय स्थल नगरकोटमा परम्परागत नेपाली एवं नेवारी स्वाद र संस्कृती झल्काउने 'लक्जरी' रिर्सोट 'तायो इको रिर्सोट' सञ्चालनमा आएको छ।

नगरकोटमा नेवा र नेपालीपन मिश्रित 'तायो इको रिसोर्ट'

काठमाडौं उपत्यका नजिकैको आर्कषक पर्यटकीय स्थल नगरकोटमा परम्परागत नेपाली एवं नेवारी स्वाद र संस्कृती झल्काउने 'लक्जरी' रिर्सोट 'तायो इको रिर्सोट' सञ्चालनमा आएको छ।

पश्चिम अस्ट्रेलियामा झल्कियो नेपाल

अस्ट्रेलियाको पर्यटकीय सहर पर्थ शनिबार बिहान नेपालमय बन्यो । नेपाली परम्परागत पोसाक, विभिन्न झाँकी, कलासंस्कृति झल्काउने पहिचानसहितको प्रभातफेरीले पश्चिम अस्ट्रेलियाको राजधानी पर्थलाई शनिबार ‘सानो नेपाल’ भन्न मिल्ने बनाइदिएको थियो ।

मिथिलाको मुहारमा हुम्लाको चिनो

एकातिर मिथिलाको प्राचीन गाथा झल्काउने आकर्षक सामग्री बेचेर सरिता मण्डल मुस्कुराउँदै छिन्। अर्कोेतिर हुम्लाकी बेलमती रोकाया परम्परागत खाद्य सामग्री चिनो, उवा, जिम्बुलगायतका सामग्रीको महत्व बुझाउँदै छिन्।...

करबाकेलीमा सङ्ग्रहालय स्थापना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा सङ्ग्रहालय स्थापना भएको छ । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने सङ्ग्रहालय स्थापना भएको हो । समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत ...

सिद्धार्थमा परम्परागत थाङ्का

राजधानीको सिद्धार्थ आर्ट ग्यालरीमा तिब्बतको संस्कृति र कला झल्काउने परम्परागत थाङ्का प्रदर्शनी भइरहेको छ ।

संरक्षणको अभावमा मगर संग्रहालय संकटमा

रोल्पा – उचित व्यवस्थापन र संरक्षणको अभावमा रोल्पाको लिबाङस्थित मगर संग्रहालय संकटमा परेको छ । मगर समुदायको बाहुल्यता रहेको रोल्पाका मगर समुदायहरुको परम्परागत भेषभुषा, संस्कृति र रहन सहनलाई झल्काउने सामग्रीहरु राखिएको यो संग्रहनलय संरक्षणको अभावमा संकटमा परेको हो । गएको  ३ वर्षअघि उच्च पहाडी गरिबी निवारण आयोज...

गाउँको मेला झल्काउने यूकेको गुल्मेली भेला

बेलायतमा बस्ने गुल्मेलीको साझा संस्था गूल्मी जिल्ला समाज यूकेले नेपालको गाउँ ठाउँको झल्को मेटाउने गरी वार्षिक भेटघाट कार्यक्रम गरेको छ। १ हजार ३ सय भन्दा बढी मान्छे सहभागी उक्त मेलामा नेपालबाट आएका आधा दर्जन कलाकारको  प्रस्तुती, खुला चौरमा गुल्मेली नौमती बाजा, मौलिक सालैजो झ्याउरे, परम्परागत तीज गीतको नाचहरुले भेलालाई सांस्कृतिक मेलाको रुपमा परिणत गरिदिएको थियो।…