दैलेखमा एक जना शिक्षकको विभत्स हत्या

काठमाडौँ–  दैलेखको गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको सोमबार राति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक विसीको हत्या गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो । […]