काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५६ हजार ८९० मतसहित फराकिलो अग्रता कायम राखेका छन् । उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३५ हजार ९२४ मतका साथ पछ्याई राखेकी छिन् ।एमाले उम्मेदवार केशव स्थापित ३५ हजार ४०६ मतसहित तेस्रो स्थानमा छन् ।यस्तै उपमेयर पदमा सुनिता डंगोलले ६३ हजार ७८१ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २१ हजार ९६२ मतमात्र पाएका छन् ।