दैलेखको डढेलोका घाइते ४ जनाको हेलिकप्टरबाट उद्धार

दैलेख : जिल्लाको आठविस नगरपालिका-६ को माल्या जङ्गलमा बुधबार भएको डढेलोमा जलेर घाइते भएकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ।डढेलोमा घाइते भएकामध्ये ४ जनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि कोहलपुर पठाइएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए। घाइते भएका अर्का एक जनाको उद्धार गरी कोहलपुर पठाउने तयारी गरिएको लम्सालले बताए।डढेलोमा सिकिस्त हुनेहरूमा आठविस नगरपालिका-६ का भैरे विक, प्रज विक, नवीन विक र नैना विकलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि कोहलपुर पठाइएको र अन्य एक जना वसुन्

सम्बन्धित सामग्री

बझाङ : ढुङ्गाले लागेर गम्भीर घाइते भएकी महिला वडा सदस्यको हेलिकप्टरबाट उद्धार

बझाङ – ढुङ्गा लागेर गम्भीर घाइते हुनुभएकी साइपाल गाउँपालिका वडा नम्बर ३ की महिला वडा सदस्य दिकी गुरुङको हेलिकप्टरबाट उद्धार गरिएको छ ।  हिजो आइतवार बेलुका काया गाउँ नजिकै जालीगाण भन्ने ठाउँमा दाउरा बटुल्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर गुरुङ घाइते हुनुभएको काँडा माविका शिक्षक दीपक बोहराले जानकारी दिनुभयो । उहाँलाई काँडाबाट जिल्ला अस्पतालसम्म ल्याउनका लागि बाटोबाट तीन–चार लाग्ने भएका कारण साइपाल गाउँपालिकाको आर्थिक सहयोगमा हेलिकोप्टरबाट उद्धार गरेको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले ...

कालीकोट विष्फोटका घाइतेको हेलिकप्टरबाट उद्धार

काठमाडौं, १२ कात्तिक । गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन् । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । गृहमन्त्री खाणको निर्देशनपछि […]

मनास्लु हिमपहिरोमा परेका घाइते सबैको उद्धार, मृतकको शव काठमाडौँ लगियो

मंगलबार सात जना र सोमबार दुई जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।...

घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन […]

घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन

काठमाडौँ,२७ जेठ । गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन […]

घाइतेको हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । उहाँले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो […]

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाको हेलिकप्टरबाट उद्धार

सुर्खेत- हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुङ्गाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए । घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले […]

स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ । स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईको हेलिकोप्टरबाट उद्धार गरिएको छ। गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हो। घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको छ। हेर्नुहोस् फोटो

दुर्घटनाका घाइते ५ जनाको हेलिकप्टरबाट उद्धार

बागलुङको तमानखोला गाउँपालिका–१ मा आज भएको पिकअप जीप दुर्घटनाका गम्भीर घाइते पाँचै जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाइएको छ ।     घाइतेको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पहिरातर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जीप सोही वडाको महभीर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको थियो ।

घाइतेको हेलिकप्टरबाट उद्धार

तमान खोला गाउँपालिका–१ मा आज भएको पिकअप जीप दुर्घटनाका गम्भीर घाइते पाँचै जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाइएको छ ।घाइतेको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए । दुर्घटनामा परी जीप चालक तमानखोला–१ का सुशील रसाइली, वडा नं। २ का १२ वर्षीय गोपाल विक, सोही वडाका ३५ वर्षीय दमे विक, २५ वर्षीय किरण विक र कपिल रसाइली घाइते भएका थिए ।जीपमा सवार गुल्मीका अर्जुन रसाइल