एमालेको संगठित सदस्य संख्या ८ लाख नाघ्यो- मोरङ पहिलो, झापा दोस्रो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संगठित सदस्य संख्या आठ लाख नाघेको छ । १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम समयमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या एकिन गरिएकाे हाे । एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले दिएको जानकारीअनुसार अहिलेसम्म ७७ मध्ये नौ जिल्लाको अन्तिम परीणाम विभागमा आउन बाँकी छ । उनका अनुसार ६८ जिल्लाको संगठित […]

सम्बन्धित सामग्री

पोखरेलको घरबाट विभिन्न धनमाल चोरी

झापा, मेचिनगर नगरपालिका-१२ पिपलडाँगी टोल बस्ने ७० वर्षीय डिल्लीराम पोखरेलको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रूपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ८ लाख २६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । पोखरेल श्रीमतीसहित बुधबार धुलाबारीस्थित आफन्तको घर गएकोमा बिहीबार घर फर्कि आउँदा उक्त धनमाल चोरी भएको थाहा हुन …

तीन खानेपानी आयोजनाबाट झापा मेचीनगरका ६ हजार घरपरिवार लाभान्वित हुने

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट छ हजार घरपरिवार लाभान्वित बन्ने भएका छन् । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार घरपरिवार लाभान्वित हुने आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए । उनले ती आयोजनाको निर्माण ८५ प्रतिशत सकिएको जानकारी दिए । नेपाल सरकार खानेपानी मन्त्रालयको आर्थिक सहयोगमा निर्माणधीन आयोजनाको कुल लागत १६ करोड ६६ लाख ७३ हजार ८१४ रूपैयाँ छ । निर्माणको जिम्मा सिएवी, जिआरडी जेभी काठमाडौँले पाएको छ । स्थानीय उपभोक्ताले जनश्रमदानबापतको रकम रु २ करोड ८ लाख ३४ हजार दुई सय २६ बेहोर्ने सर्तमा विसं २०७८ असार २९ गते सम्झौता भएको थियो । आयोजनाको विसं २०८० पुस २९ सम्म निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ । अध्यक्ष पोखरेलले धुलाबारीमा दुई, भृकुटीमा दुई र चारआलीमा एउटा डिप बोरिङमार्फत पानी निकालेर दुई वटा फिल्टर प्लान्ट हुँदै ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीमा जम्मा गरी सप्लाई गरिने बताए । उनका अनुसार चारआलीमा भने दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्याङ्की छ । जसबाट एक हजार बढी घर परिवार लाभाविन्त हुनेछन् । मेचीनगर-२ का बासिन्दा वर्षौं देखि इनार, कलको पानी उपभोग गर्दै आएका थिए । वर्षौंदेखिको खानेपानीको समस्याबाट वडा नं २ को तल्लो क्षेत्र लाभान्वित बन्न लागेको वडाध्यक्ष दीपक बरालले बताए । “शुद्ध, सफा खानेपानीको पहुँचमा बल्ल पुगियो”, उनले भने, “माथिल्लो बेल्ट अझै काकाकुल अवस्थामै छ । यसले थोरै भए पनि राहत पुग्यो ।” निर्माण व्यवसायी देवेन्द्रप्रसाद चौगालाईंले करिब ९५ प्रतिशत निर्माण पूरा गरेको दाबी गर्नुभयो । उनका अनुसार एक सय ५० मिटर गहिराइबाट पानी निकालिएको छ । उनले तोकिएकै समय अगाडि नै आयोजना सम्पन्न गरी हस्तान्तरण गरिने बताए । उनले हाल ओभरहेड ट्याङ्की, डीप बोरिङलगायतका सबै निर्माण सकिएको र केही स्थानमा पाइपलाइन विस्तार मात्रैबाँकी रहेको बताए । रासस

नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित

अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले संचालन गरेको उक्त परियोजना मार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निशुल्क आँखा परिक्षण गरिएको हो।

झापामा रोकिएन प्रतिबन्धित र बेदर्ता औषधिको कारोबार

झापा : नेपालमा प्रतिबन्धित र दर्ता नभएका भारतीय विभिन्न कम्पनीका औषधि तस्करीको माध्यमबाट नेपाल भित्रिने क्रम रोकिएको छैन। विशेष गरी दक्षिणी झापाको कचनकवल, बाह्रदशी र झापा गाउँपालिकासँग जोडिएका सीमा नाकाबाट तस्करले प्रतिबन्धित र दर्ता नभएका भारतीय औषधि नेपाली बजारसम्म ल्याउने गरेको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालय झापा मातहत रहेका कचनकवल-१ स्थित अस्थायी प्रहरीचौकी कुट्टीबाट खटिएका गस्ती टोलीले मंगलबार राति साढे ११ बजे करिब ८ लाख ४१ हजार ३९७ रुपैयाँ बराबरको औषधि बरामद गरेसँगै यस्तो

४० वर्ष भारतीय जेलमा बसेका दुर्गाप्रसादले पाए आठ लाख क्षतिपूर्ति

झापा – भारतीय जेलमा कसूरमाथि विना सुनुवाइ ४० वर्ष बसेका दुर्गाप्रसाद तिम्सिनाले क्षतिपूर्ति पाएका छन् ।उच्च अदालत, कोकलाताको आदेश अनुसार उनले नेपाली ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले झापाको काँकडभिट्टामा आयोजित कार्यक्रममा उनलाई क्षतिपूर्ति रकम बराबरको चेक हस्तान्तरण गरे ।भारतको उच्च अदालत, कोलकाताले २१ मंसिरमा तिम्सिनालाई भारु ५ लाख […]

दुर्गाप्रसादलाई क्षतिपूर्तिवापतको ८ लाख रुपैयाँ हस्तान्तरण गरिंदै

काठमाडौँ । दुर्गाप्रसाद तिम्सिनाले आइतबार क्षतिपूर्तिवापतको नेपाली ८ लाख रुपैयाँ पाउने भएका छन् । विना सुनुवाइ भारतीय जेलमा ४० वर्ष बसेका तिम्सिनालाई क्षतिपूर्ति रकम हस्तान्तरणका लागि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल झापा आएका छन् । काँकडभिट्टाको मेची भन्सार कार्यालयमा अपराह्न एक अनौपचारिक कार्यक्रम गरी तिम्सिनाको परिवारलाई रकम हस्तान्तरण गरिने बताइएको छ ।

झापामा साढे ११ लाखभन्दा बढीको पटाका नष्ट

झापा : तिहार र छठलाई लक्षित गरी भारतबाट नेपाल भित्र्याइएको साढे ११ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटाका बरामद गरिएको छ।झापा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको उक्त पटाका सशस्त्र प्रहरी र नेपाल प्रहरीले बुधबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी नष्ट गरेका छन्।खुला सीमा नाकाबाट प्रतिबन्धित पटाका नेपाल भित्र्याउने क्रममा सीमा नाका तथा बजारक्षेत्रबाट सशस्त्र प्रहरीले पटाका बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २ झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए। अनुमानित ८ लाख २० हजार ५

स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँ सहित एक जना पक्राउ

कात्तिक १२, विराटनगर । विराटनगर महानगरपालिका-१८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँ सहित झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३४ वर्षीय उमेश साहलाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।  भारतबाट नेपालतर्फ आउँदै गरेको को २९ प ८६४० नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाई ल्याउँदै गरेको उक्त रुपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

स्रोत नखुलेको ८ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको आठ लाखभन्दा बढी रूपैयाँसहित झापा, बिर्तामोड–३ का ३४ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१८ भेडियारीबाट साहलाई स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित बिहीबार पक्राउ गरेको हो ।मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार साहलाई उक्त पैसा लिएर भारततर्फबाट विराटनगरतर्फ आउने क्रममा पक्राउ गरिएको हो । को२९प ८६४० नम्बरको स्कुटरमा सवार साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए

तस्करी गरी ल्याइएका ९ लाख बराबरका जुत्ता बरामद

झापा : भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब ९ लाख रूपैयाँ बराबरको जुत्ता बरामद गरिएको छ।नेपाल–भारत सीमा स्तम्भ ९४ नजिकैबाट नेपाल भित्र्याइएको सो रकम बराबरको जुत्ता सशस्त्र र नेपाल प्रहरीले बरामद गरेको हो। बरामद जुत्ता भद्रपुरका कारोबारीले ज्यामिरगढी नाकाबाट भित्र्याएका हुन्। मेचीनगर नगरपालिका–१५ स्थित टुक्रे बाँध नजिकैबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले ८ लाख र सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीले ७५ हजार मूल्य बराबरको जुत्ता ब