बंगलादेश दोस्रो पटक साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश राष्ट्रिय महिला फुटबल टोली दोस्रो पटक महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको छैटौं संस्करणको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । एकपक्षीय खेलमा बंगलादेशले दुवै हाफमा ४ गोल गरेको थियो । खेलको अधिकांश समय बंगलादेशले बल पोसेसनमा […]

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिप : १५ वर्षमुनिको टोली आज बंगलादेश जाने

काठमाडौं : १५ वर्षमुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली शनिबार बंगलादेश जाँदैछ। बंगलादेशजाने टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ। बंगलादेशमा आयोजना हुने १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ।प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेकी छिन्।

महिला साफ च्याम्पियनसिप : भुटानलाई ८ गोलले पराजित गर्दै बंगलादेश फाइनलमा

काठमाडौैं : महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले फाइनलमा स्थान बनाएको छ।दशरथ रंगशालामा शुक्रबार भएको खेलमा सविना खातुनको ह्याट्रिकमा बंगलादेशले ८-० को नतिजा निकाल्दै बंगलादेश फाइनलमा प्रवेश गरेको हो। बंगलादेश दोस्रो पटक महिला साफ च्याम्पियनसिपमा फाइनलमा पुग्न सफल भएको थियो।शुरुवातबाटै भुटानविरुद्ध आक्रामक देखिएको बंगलादेशले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ४ गोल गरेको थियो। बंगलादेशको जितमा सविना खातुनले ३ गोल गर्दा जहान सोप्ना, कृष्णारानी सरकार, रितुपर्णा र मसुरा प्रभि

महिला साफ च्याम्पियनसिप : पाकिस्तान र बंगलादेशबीच भीडन्त (फोटोफिचर)

बंगलादेश महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार   भएको खेलमा छैटौं संस्करणको समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै बंगलादेश सेमिफाइनलमा पुगेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो । पाकिस्तान र बंगलादेशबीच भएको प्रतिस्पर्धाका तस्बिरलाई यहाँ प्रस्तुत गरिएको छ ।

महिला साफ च्याम्पियनसिप: बंगलादेश र पाकिस्तान तथा भारत र माल्दीभ्स भिड्दै

काठमाडौँ – नेपालमा भइरहेकाे छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा शनिबार बंगलादेश र पाकिस्तान तथा माल्दिभ्स र भारत प्रतिस्पर्धा गर्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बंगलादेश र पाकिस्तान भिड्दा साँझ ५:३० मा हुने खेलमा भारतले माल्दिभ्सको सामना गर्ने छ। पहिलो खेलमा पाकिस्तान भारतसँग ३-० ले पराजित भएको र बंगलादेश भने पहिलो खेलमा […]

महिला साफ च्याम्पियनसिप : आज दुई खेल हुँदै

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । पाकिस्तान आज पहिलो जितको खोजीमा रहेको छ भने बंगलादेश लगातार दोस्रो जितको खोजीमा हुनेछ । त्यस्तै दोस्रो खेल साँझ साढे […]

महिला साफ च्याम्पियनसिप : आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स खेल्दै

काठमाण्डाै – महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो एक बजे तथा बंगलादेश र माल्दिभ्सको खेल बेलुका साढे ५ बजे हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजोदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई ४–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगल...

साफ च्याम्पियनसिप: फाइनलका लागि भिड्दै नेपाल-बंगलादेश

मालदिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल र बंगलादेशको खेल सुरू भएको छ।

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ ।सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए ।१३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने […]

साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघले १३औं संस्करणको साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न औपचारिक प्रस्ताव पठाएको छ। कोभिड–१९ महामारीका कारण बंगलादेशले प्रतियोगिता आयोजनाबाट पछि हटेको थियो। नेपाललाई प्रस्ताव आए पनि आयोजकको अन्तिम निर्णय साफ कार्यसमिति बैठकले गर्नेछ। कोरोनाका कारण बंगलादेश पछि हटेपछि एन्फाले नेपालमा गर्न पहल गर्दै आएको थियो। नेपालले यसअघि १९९७ र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ।