काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला (रुद्रमती नदी) किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ। नदी किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि अभियान थालेको प्राधिकरणले जनाएको हो। प्रारम्भिकरूपमा आएका उजुरीका आधारमा अध्ययन गरी धोबीखोला किनारमा मिचिएका जग्गाको नापजाँच गरी त्यससम्बन्धी प्रतिवेदन तयार गर्न लागिएको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले जानकारी दिए।प्राधिकरणले बूढानीलकण्ठदेखि बुद्धनगरसम्मका धोबीखोला दायाँबायाँका