काठमाडौँ महानगरपालिकाले हालसम्ममा ८०० रोपनी सार्वजनिक जग्गा पहिचान भएको जनाएको छ । आज वडा नं ३१ को जागृतिनगरमा बाल उद्यान शिलान्यास कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करिब ८०० रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको जानकारी दिए । “सार्वजनिक महत्वका जग्गा संरक्षण गर्ने हाम्रै काम हो”, प्रमुख शाक्यले भने, “अब हामी अतिक्रमित जग्गालाई खुला बनाउँछौँ । त्यसपछि स्वामित्व दाबी गर्ने आउन थाल्छन् ।”
कार्यक्रममा ३१ वडाका वडाध्यक्ष नारायण ...