म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२, सिमलचौरको मिठौलामा हिजो बेलुका जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना हुँदा बेनी नगरपालिका–५, डडुवाकी २० वर्षीया सबिना भण्डारी र मङ्गला–१, पूर्णगाउँका १३ वर्षीय बिमल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले बताउनुभयो ।
जीप दुर्घटनामा परेर पूर्णगाउँका २३ वर्षीय अनिल रसाईली, २५ वर्षीय सुदन आचार्य, ३६ वर्षीया अमृता राम्जाली, २६ वर्षीया एन्जिला भण्डारी...