भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक विश्व च्याम्पियन

भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ ।

सम्बन्धित सामग्री

भारत र गिललाई आइसिसीको कारबाही

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिस) ले भारतीय क्रिकेट टोली र युवा ब्याटर शुभमन गिललाई कारबाही गरेकोछ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा स्वलो ओभर रेटको कारण भारतलाई म्याच फिको १ सय प्रतिशत जरिवना लागेको छ । अष्ट्रेलिया क्रिकेट टोलीलाई म्याच फिको ८० प्रतिशत स्वलो ओभरको कारण जरिवना लागेको छ । निर्धारिय समय […] The post भारत र गिललाई आइसिसीको कारबाही first appeared on Hamro Khelkud.

अष्ट्रेलिया बन्यो विश्व टेस्ट च्याम्पियनसीपको विजेता

काठमाडौँ- इङ्ग्ल्यान्डको ओभलमा भएको आईसीसी विश्व टेस्ट च्याम्पियनसीप फाइनल खेलको विजेता अष्ट्रेलिया भएको छ । भारत र अष्ट्रेलियाबीच भएको फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गरेको हो ।  अष्ट्रेलियाले दिएको ४४४ रनको विशाल लक्ष्य पछ्याएको भारतले चौथो इनिङ्समा २३४ रन मात्र बनाउन सक्यो । भारतले यो लगातार दो...

विश्व टेष्ट च्याम्पियनशिप जित्न अन्तिम दिन भारतलाई २८० रन, सात विकेट हातमा

विश्व टेष्ट च्याम्पियनशिप क्रिकेटको उपाधिका लागि फाइनलमा भारत र अष्ट्रेलिया खेलिरहेका छन् ।

विश्व टेष्ट च्याम्पियनशिप जित्न अन्तिम दिन भारतलाई २८० रन, सात विकेट हातमा

विश्व टेष्ट च्याम्पियनशिप क्रिकेटको उपाधिका लागि फाइनलमा भारत र अष्ट्रेलिया खेलिरहेका छन् ।

चीन–यूरोपेली यूनियन कटुताको भू–राजनीतिक असर

भर्खरै यूरोपेली यूनियनका अध्यक्ष उजुला फन डेर लेयेनले यूरोपेली यूनियनको अवधारणा सार्वजनिक गरेकी छिन् । आफ्नो चहकिलो र गहकिलो वाक्पटुताको माध्यमले चीन र रसियाको गठबन्धनलाई अप्राकृतिक भनेकी छिन् । लेयेनले राष्ट्रपति सी चिनफिङको नीतिलाई कटाक्ष गर्दै चीनले प्रजातान्त्रिक मूल्य, मान्यता र मानव अधिकारलाई मानर्मदन गर्दै रसियालाई भरथेग गरेको समेत आरोप लगाएकी छिन् । चीन यूरोपेली यूनियनको सबभन्दा ठूलो व्यापारिक साझेदार भए तापनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र सी चिनफिङको सामीप्य यूरोपेली यूनियनलाई पाच्य भएको छैन । लेयेनले चीनको प्रगतिको प्रशंसा पनि गरेकी छिन् । सन् १९७८ देखि ९ प्रतिशत विकास दर हासिल गर्दै ८०० मिलियन जनतालाई गरिबीको रेखामुनिबाट उकास्न चीन सफल भएको छ । तर चीनले आफ्नो आक्रामक नीतिबाट सम्पूर्ण छिमेकीहरूलाई चिन्तित बनाएको छ । पूर्वीय चीन सागर र दक्षिण चीन सागरमा चीनले आफ्नो सैन्य दबदबा बढाएको छ । चिनियाँ सैन्य भण्डारण भएका लडाकु पानी जहाजले मलेसिया, फिलिपिन्स, इण्डोनेसियाको तटबन्धीय इलाकामा अन्तरराष्ट्रिय सामुद्रिक कानुन विपरीत पसेर आफ्नो हैकम जमाएका छन् । यूरोपेली यूनियनकी अध्यक्ष लेयेनले चीनले गलवान घाँटीमा भारतलाई सैन्य दबाब दिएर आफ्नो साम्राज्यवादी सोच बढाएको उल्लेख गरेकी छिन् । उनको अभिव्यक्तिलाई विश्वका चर्चित छापाखानाहरूले यथेष्ट ठाउँ दिएका छन् । राष्ट्रपति सीको रसिया यात्रालाई पश्चिमा सञ्चार गृहले निन्दा गरेका छन् । राष्ट्रपति सीको राजनीतिक र आर्थिक सिद्धान्तमा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केवीन रुडले राष्ट्रपति सीको नीतिलाई आफ्नो कालजयी पुस्तक ‘द अनएभोयाडेवल वार’ बाट आलोकित गरेका छन् । केविन रुडले राष्ट्रपति सीको आक्रामक नीतिलाई चिनियाँको आन्तरिक राजनीति र अर्थनीतिसँग जोडेर व्याख्या गरेका छन् । कोरोनाको कहरलगत्तै चीनको अर्थव्यवस्था शिथिलतातर्फ गएता पनि चीनले त्यसलाई स्वीकार गरेको छैन । चीनको आक्रामक नीतिले गर्दा यूरोप, अमेरिका, आसियान लगायत भारतसँगको चिनियाँँ व्यापारको परिधि साँघुरो हुने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । चिनियाँ कम्युनिष्ट पार्टीमा आफ्नो दबदबालाई बढाउन सीले सन् २०४९ मा चीनलाई संसारको सबभन्दा ठूलो शक्तिशाली राष्ट्रको रूपमा उभ्याउने मार्गचित्र प्रस्तुत गरेका छन् । चिनियाँ जानकार केवीन रुडले राष्ट्रपति सीको नीतिलाई प्रश्नको घेरामा राखेका छन् । सन् २०१३ बाट शुरू भएको रेशम मार्गको ५ ट्रिलियन अमेरिकी डलरको भीमकायी परियोजनाबाट समेत विश्व अर्थव्यवस्थालाई नकारात्मक रूपले प्रभावित गरेका छन् । हालसम्म रेशम मार्ग परियोजनामा १४७ मुलुकहरू सहभागी भएका छन् । चीनको चर्को ब्याज दर, गरीब मुलुकहरूमा विद्यमान भ्रष्ट्राचारको सञ्जाल र चिनियाँ कम्पनीहरूको एकल निर्णयले गर्दा संसारका धेरै मुलुकहरू चीनको ऋणको पासोमा फसेका छन् । यसमा अफ्रिका र एशियाका देशहरू धेरै रहेका छन् । जाम्बियादेखि भेनेजुलासम्म, अर्जेन्टिनादेखि बेलारुससम्म, श्रीलंकादेखि पाकिस्तानसम्म चिनियाँ ऋण पासोमा रहेका छन् । सन् २०१९ देखि सन् २०२१ सम्म चीनले १०४ बिलियन अमेरिकी डलर ऋण प्रवाह गरेर ऋणको पासोमा रहेका मुलुकहरूलाई उकास्न प्रयास गरेको छ । राष्ट्रपति सीको घरेलु नीतिलाई पनि केवीन रुडले प्रश्नको घेरामा राखेका छन् । सिङ्च्याङ क्षेत्र मानव अधिकारमा भइरहेको मानमर्दन पनि पटक पटक सञ्चारमा सम्प्रेषन भएको छ ।      राष्ट्रपति सीको अष्ट्रेलिया नीति पनि आलोच्य रहेको छ । कोरोनाको कहरमा अष्ट्रेलियाले विश्व स्वास्थ्य संगठनमा आवाज उठाउँदा चीनले प्रतिवाद गर्दै अष्ट्रेलियन वस्तुको आयातमा करको दायरा बढाएको थियो । अष्ट्रेलिया चिनियाँ नीतिबाट रुष्ट भई बेलायत र अमेरिकासँग अक्सको सम्झौता गरेको छ । आफ्नो सुरक्षा बजेटमा अभिवृद्धि गर्दै बेलायत र अमेरिकाको सहयोगमा आणविक पनडुब्बी जहाजका लागि सम्झौता गरेको छ । क्वाडमा अष्ट्रेलिया  सहभागी हुनुका प्रमुख कारण चीनसँगको कटुता नै हो । क्वाडमा भारत, अष्ट्रेलिया, जापान र अमेरिका आबद्ध रहेका छन् । हुन त क्वाडलाई सैनिक गठबन्धनको रूपमा स्वीकार गरिएको छैन । तर क्वाड सम्बद्ध राष्ट्रहरू संयुक्त रूपमा बारम्बार सैनिक अभ्यास गरिरहेका छन् । राष्ट्रपति सीको ताइवान नीति अमेरिका लगायत पश्चिमा जगत्को लागि ठूलो चासो रहेको छ । ताइवानले लिथुनियामा लगानी गरिरहेको छ । ताइवान र लिथुनिया बीच भइरहेको आर्थिक कारोबारप्रति चीनको आपत्ति रहेको छ । ताइवान चीनको भूभाग रहेको चिनियाँ सरकारले घोषणा गरेता पनि ताइवानी सरकारले स्वीकार गरेको छैन । ताइवानले आफ्नो वितरण प्रणालीलाई विस्तार गर्न वा चीनप्रति आर्थिक निर्भरतालाई घटाउन लिथुनियामा लगानी गरेको ताइवानको दृष्टिकोण रहेको छ । अर्को शब्दमा भन्ने हो भने अमेरिका, यूरोपेली युनियन, जापान, भारत, अष्ट्रेलियालगायत प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरू बीच व्यापक गठबन्धन भइरहेको छ भने चीन, रसिया, इरान, पाकिस्तानलगायत अन्य मुलुकहरूको पनि गठबन्धन बढिरहेको छ । मध्य एशियामा पनि चीनको भूमिका उल्लेख्य रहेको छ । साउदी अरेबिया र इरानको बीच निकटता र सम्झौता गराएर चीनले आफ्नो पकड र पहुँचलाई प्रष्ट पारेको छ । रसिया–युक्रेन युद्धको बाछिटाबाट संसारका गरीब मुलुकहरूको अर्थतन्त्र डगमग भइरहेको अवस्थामा शक्ति केन्द्रहरूको ध्रुवीकरण गठबन्धन र गठजोडले मानव संवेदनालाई आत्मसात् गरेको छैन । अमेरिकी पूँजी र यूरोपेली प्रविधिलाई प्रचुर मात्रामा प्रयोग गर्दै चीन सफलताको शिखरमा पुगेता पनि राष्ट्रपति सीको नीतिले विश्व व्यवस्थालाई प्रभावित गरेको छ । चीनको प्रगतिको कारण नै पश्चिमा बजार र पश्चिमा पूँजी भएकोले गर्दा चीन र यूरोपेली यूनियनको कटुताले दुईवटै अर्थतन्त्रलाई नकारात्मक ढङ्गले प्रभावित गर्न सक्दछ । लेखक विश्वमामिलाका अध्येता हुन् ।

भारतलाई पछि पार्दै अष्ट्रेलिया बन्यो नम्बर १ वान डे टिम

काठमाडौं । एक दिवसीय क्रिकेटको विश्व वरियतामा अष्ट्रेलिया एक नम्बरमा उक्लेको छ । भारतलाई पछि धकेल्दै अष्ट्रेलियाले पहिलो स्थान कब्जा गरेको हो । अष्ट्रेलियाले भारतविरुद्धको एक दिवसीय शृङ्खलामा हिजो जित हासिल गरेको थियो । भारतले घरेलु मैदानमा चार वर्षदेखि एक दिवसीय सिरिज हारेको थिएन । सन् २०१९ मा अष्ट्रेलियाले नै भारतमा एकदिवसीय सिरिज जितेको थियो […]

अष्ट्रेलियाको जितले भारतलाई फाइदा

एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ मा दक्षिण अफ्रिकामाथि अष्ट्रेलिया जितले भारतलाई फाइदा पुगेको छ । द गाब्बा ब्रिसबेनमा दोस्रो दिनमै सकिएको टेस्ट खेलमा अष्ट्रेलिया ६ विकेटले विजयी भयो । त्यो अष्ट्रेलियाको जितले भारतलाई पनि ठूलो फाइदा पुगेको छ । अष्ट्रेलिया जितको एक घण्टा अगाडि भारतले बंगलादेशलाई १ सय ८८ रनको फराकिलो अन्तरले हराएको […]

‘चिनियाँ विश्व व्यवस्थाका लागि तयार होऊ’-३

पछिल्लो हाईपरसोनिक मिसाइलको परीक्षणले विश्व शक्ति सन्तुलनमा नयाँ तरङ्ग ल्याएको मात्र होइन, अमेरिका भन्दा अगाडि बढिसकेको विज्ञहरूको मत छ। यो रफ्तार आगामी दिनमा अरु तीव्र हुने घटनाक्रमले पुष्टि गरिरहेको छ। विश्वको आँखा आगामी दिनमा चीनले अमेरिकी चुनौतीको सामना गर्दै सन् २०४९ को शताब्दी लक्ष्य कसरी चुम्छ भनेर नियालिरहनेछन् ।

भारत एक खेल पहिल्यै टि–२० विश्वकपको समूह चरणबाटै बाहिरियो

विश्व क्रिकेटको पावर हाउस मानिने भारत आइसिसी टि–२० विश्वकपको १ खेल अगाडी नै समूह चरणबाटै बाहिरिएको छ । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि भारतको झिनो अंक गणीतिय सम्भावना पनि सकिएको हो ।भारतलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनै पर्ने थियो । तर, न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै सानदार जित निकालेपछि भारतको अघिल्लो चरणको अंक गणीतिय सम्भावना टरेको हो । अफगानिस्तानले प्रस्तुत गरेको १२५ रनको सामान्य विजयी लक्ष्य न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक हुनेछ । जसको कारण समूह चरणबाटै बाहिरिएको हो । पाकिस्तान यस अघि नै ४ खेलमा ४ मा नै जितका साथ सेमिफाइनलमा पुगेको थियो ।टि–२० विश्वकपको सेमिफाइनलमा पुग्ने ४ टोलीको टुङ्गो लागेको छ । यसअघि नै सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड समूह विजेता र अष्ट्रेलिया उप विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक मात्रै हुने भएकाले समूह चरणबाटै बाहिरिएको हो । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने करिब करिब निश्चित नै थियो ।टि–२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डले समूह २ को उपविजेतासँग खेल्नेछ । अष्ट्रेलियाले समूह २ को विजेतासँग खेल्नेछ । सेमिफाइनल बुधबार र बिहीबार हुनेछ । फाइनल आइतबार हुनेछ ।