लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार

प्रहरी निरीक्षक आधारभूत तालिमका उत्कृष्ट कैलाश लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार प्रदान गरिएको छ । तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थी लिम्बुलाई गृहमन्त्री बालकृष्ण खाँणले आइतबार कुलानन्द स्मृति पुरस्कार  प्रदान गरेका हुन् । उक्त पुरस्कार कुलानन्द ठाकुर (नेपाल) का दुई छोरा डा.चिरञ्जीवी नेपाल (पूर्व गभर्नर) तथा ई.आनन्द नेपालले २०७६ सालमा स्थापना गरेका थिए । कुलानन्द ठाकुर नेपाल प्रहरी निरीक्षकको पहिलो तथा प्रहरी अधिकृतको तेश्रो ब्याचको सर्वप्रथम भएका थिए । साथै उनी भारतको &ls

सम्बन्धित सामग्री

डा रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

काठमाडौँ : वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतलाई श्री-प्रसाद ओली स्मृति पुरस्कार प्रदान गरिने भएको छ।रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाका अध्यक्ष गङ्गाप्रसाद ओलीले आज पत्रकार सम्मेलन गरि श्री–प्रसाद ओली स्मृति पुरस्कार डा रुइतलाई प्रदान गरिने जानकारी दिएका हुन्। आगामी वैशाख ४ गते डा रुइतलाई ५ लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिनेछ।

राष्ट्रिय आविस्कार केन्द्रलाई भीमसेन थापा स्मृति पुरस्कार

यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केन्द्रका संस्थापक...

१ लाख राशीको भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई

यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान निर्णय गरेको हो ।  पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ। भीमसेन थापाको २४९औं जन्मजयन्तीको अवसरमा साउन ९ गते उक्त...

तीन वर्षपछि भारती खरेल स्मृति पुरस्कार वितरण

काठमाडौं । तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार वितरण गरिएको छ । कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार शुक्रबार वितरण गरिएको हो । भारती खरेल प्रतिष्ठानले तीन जना स्रष्टा र समाजसेवीलाई हस्तान्तरण गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः […]

कुलानन्द स्मृति पुरस्कार कैलाश लिम्बुलाई

काठमाडौं । कुलानन्द स्मृति पुरस्कार प्र.प्र.नि.कैलाश लिम्बुलाई प्रदान गरिएको छ । ६ कात्तिकमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं समूहको दीक्षान्त समारोहमा उक्त तालिममा प्रथम हुने उत्कृष्ट प्रशिक्षार्थी प्र.प्र.नि. कैलाश लिम्बुलाई प्रदान भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले उक्त पुरस्कार हस्तान्तरण गरे । उक्त पुरस्कार कुलानन्द ठाकुरका दुई छोरा डा. चिरञ्जीवी नेपाल (पूर्वगभर्नर) र ई. […]

२०७९ को ‘जसुदा स्मृति पुरस्कार’ कवि सुन्दर कुरूपलाई प्रदान गरिने

यो वर्ष अर्थात् २०७९ सालको ‘जसुदा स्मृति पुरस्कार’ इलामका कवि सुन्दर कुरूपलाई प्रदान गरिने भएको छ । बिहीबार बसेको भानु प्रतिमा संरक्षण तथा साहित्य सम्वर्द्धन समितिको बैठकले २०७९ सालको ‘जसुदा स्मृति पुरस्कार’ कवि कुरूपलाई दिने निर्णय गरेको हो ।पुरस्कारमा नगदसहित सम्मानपत्र रहेको समितिले जनाएको छ । इलामकी चेली कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा उनका पति पत्रकार पुष्पराज प्रधान तथा उनका परिवारले पुरस्कारको स्थापना गरेका हुन् । कवि कुरूपका दुई कृतिहरू जुनको अनुहार र पृथ्वी

कवियत्री पौडेललाई साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार

साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलवस्तुको तौलिहवाकी कवियत्री सकुन्ताल ज्ञवाली पौडेललाई प्रदान गरिएको छ।...

निर्जीव र डाँगीलाई इच्छुक स्मृति पुरस्कार

इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार–०७८’ प्रगतिवादी धाराका स्थापित साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगीलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले सोमबार वक्तव्य प्रकाशित...

युद्धप्रसाद मिश्र स्मृति पुरस्कार मानवी र आचार्यलाई

प्रथम गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको नाममा स्थापित युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रगतिशील साहित्यकार शान्त मानवी र शेषमणी आचार्यलाई प्रदान गर्ने भएको छ।...

बस्नेत र लिम्बूलाई ‘लोकनाथ–विष्णुमाया स्मृति’ पुरस्कार

इलाम– इलामको देउमाइ नगरपालिका–१ चमैंतास्थित डम्बर देबी उच्च माध्यमिक विद्यालयले लोकनाथ–विष्णुमाया स्मृति पुरस्कार वितरण गरेको छ। शैक्षिक सत्र २०७७ सालको एसईई परीक्षामा राम्रो नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगद तथा प्रमाण पत्रसहित पुरस्कृत गरिएको हो। नेपाली विषयतर्फ सबैभन्दा बढी जीपीए ल्याउने छात्रा टीकादेबी बस्नेत र छात्र सन्तोष लिम्बूलाई ‘लोकनाथ-बिष्णुमाया स्मृति पुरस्कार’ दिइएको हो । दुई वर्षअघि […]