अदुवा अनुदानमा अनियमितता

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम शाखाबाट वालिङ उद्योग वाणिज्य संघलाई अदुवा उत्पादनका लागि प्राप्त अनुदानमा अनियमितता भएको छ । कम्पनीमार्फत अदुवा प्रशोधन केन्द्र सञ्चालन गर्ने र त्यसको रेखदेख उद्योग वाणिज्य संघले गर्ने गरी सम्झौता गरेर प्राप्त रकममा अनियमितता भएको हो ।

सम्बन्धित सामग्री

बाँदरबाट अन्नबाली जोगाउने नयाँ काइदा

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले बाँदरले अन्नबाली खाएर सास्ती दिन थालेपछि बाँदर धपाउन नयाँ विधि अपनाएको छ । वन जङ्गलमा पर्याप्त आहारा नहुँदा कृषकले खेतबारीमा लगाएको अन्नबाली बाँदरबाट जोगाउन नसकेपछि पालिकाले नयाँ जुक्ति निकालेको हो ।           बाँदरले लगाएको खेती मात्रै नभई घरको कौशीमा राखेको अन्नबालीसमेत खाएर नोक्सान पु¥याउन थालेपछि शुक्लागण्डकी नगरपालिका–७ वडाले त्यस क्षेत्रका कृषकलाई अदुवा र बेसारको बीउ वितरण गरेको छ । दिनहुँ बाँदरको समस्याबाट देशभरका कृषक चिन्तित छन् । उक्त समस्या कम गर्दै उत्पादन बढाउन र कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले अदुवा र बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताउनुभयो ।           कृषकलाई ३३५ किलो बेसार र ५० किलो अदुवाको बीउ वितरण गरिएको छ । उहाँले भन्नुभयो, “वडाको अर्चले र न्यारथुमका विपन्न ३५ कृषकलाई भने ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ ।” खेत बारीमा लगाएको खेतीबाली बाँदरले सखाप पार्ने भएकाले वैकल्पिक खेती गर्न बीउ वितरण गरिएको उहाँले बताउनुभयो ।

उदयपुर अदुवा, बेसार र सुन्तला सुपरजोन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (कृषि–जोन) उदयपुरले त्रियुगा नगरपालिका–१४ मा ५० प्रतिशत अनुदानमा अदुवा र बेसारको बीउ वितरण गरेको छ।