अपराह्न १२:२० बजे बिहीबार महानगरपालिकाको सेतो टाटा ट्रक थापाथलीको प्रसुतिगृहको पूर्वी गेटमा आएर रोकियो । नजिकै लमजुङ स्थायी घर भएकी ३४ वर्षीया शर्मीला तामाङ आफ्नो ठेलामा चिया र चटपटे व्यापार गर्दै थिइन् । महानगर प्रहरीहरू एक्कासी आएर उनको ठेलाका सामान छरपस्ट पार्न थाले । उनको ठेला खाली गराएर महानगरको गाडीमा राख्न खोजियो ।