काठमाडौं महानगरले विकल्प नदिई सडक पेटीबाट हटाएको साना व्यापारीहरुको गुनासो

काठमाडौं।नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै काठमाडौँ महानगरविरुद्ध प्रदर्शन गरेको छ।महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको र ठेला व्यवसाय गरिरहेकाहरूलाई व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै संघले प्रदर्शन गरेको हो ।सुन्धारामा भेला भई रत्नपार्क भद्रकाली सहिद गेट हुँदै प्रदर्शनकारीहरूले महानगरको कार्यालय अघि धर्ना दिएका थिए ।

सम्बन्धित सामग्री

सडक व्यवसाय, ढोंगी नेतृत्व र अर्थतन्त्रमा देखिने समस्या

चिल्ला शहर मात्रै राम्रो शहर भन्ने एकलकाँटे भाष्यले कसैको अहम्‌को तुष्टि त गर्ला समाज र अर्थतन्त्रलाई फाइदा नगर्ने भएकाले त्यो भाष्य र मार्ग परिवर्तन गर्न अगाडि बढ्नुको विकल्प छैन !

न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर

काठमाडौँ- काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्यूरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ । राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि स...

न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर

काठमाडौँ- काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्यूरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ । राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि स...

पार्किङ निषेधको निर्णयबाट पछि हट्यो पोखरा महानगर

कास्की । पोखरा महानगरपालिकाले पोखराका मुख्य सडक क्षेत्रमा गर्ने भनेको पार्किङ निषेध स्थगित गरेको छ । गत साता बसेको पोखरा महानगरको यातायात व्यवस्थापन समितिको बैठकले पोखराका मुख्य बजार क्षेत्रका सडकमा सोमवारदेखि सवारी पार्किङ पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले उक्त निर्णय गरेपछि विभिन्न पेशागत व्यवसायीका संगठन, स्थानीय बासिन्दालगायतले विरोध गरेका थिए । विकल्प नदिई पार्किङ बन्द गर्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि अर्काे व्यवस्था नभएसम्म पार्किङमा अहिले प्रयोग भइरहेको ठाउँ खुला गरिएको महानगरले बताएको छ । पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील संघसंस्था तथा सरोकारवालाको दबाबपछि महानगर सवारी पार्किङ निषेधको निर्णयबाट पछि हटेको हो । पार्किङ व्यवस्थापन गर्दै लैजाने निर्णय महानगरले गरेको छ । सडकमा पार्किङ निषेध गर्ने महानगरको निर्णयविरुद्ध आइतवार पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउन गएका थिए । तर, मेयर आचार्य पालिकाका प्रमुखहरूको बैठकमा जिल्लाबाहिर गएकाले उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए । व्यवसायीसँगको भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सरोकारवालासँग छलफल गरी निर्णय लिइने भन्दै हाललाई सडकमा पार्किङ बन्द गर्ने निर्णय स्थगन गरिएको जानकारी दिए । पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पृथ्वीचोक–सभागृहचोक–न्युरोड–बिपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार र पृथ्वीचोक सडक खण्डमा सवारीसाधनको चाप बढेर आवागमन प्रभावित भएको तथा शहरी सौन्दर्यमा पनि असर परेको भन्दै सडकमा सवारी पार्किङ माघ २३ गतेदेखि पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले अन्डरग्राउण्ड पार्किङ स्थल तथा मुख्य सडकका आसपास पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेबापत महानगरले तोकेको भन्दा बढी शुल्क लिन नपाइने सूचना जारी गरेको थियो ।

पार्किङ माग गर्दै बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिए

१५ मंसिर, काठमाडौं । सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आन्दोलन गरेका हु्न् । महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु बेठीक भएको व्यवसायीहरु बताउँछन् । सडक किनारमा पार्किङ गर्न नपाए आफूहरु व्यवसाय […]

महानगरको मनलाग्दी : फुटपाथ पसललाई प्रतिबन्ध, पार्किङलाई छुट

काठमाडौ : केही दिन अगाडि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सडकमा व्यापार नगर्न आग्रह गर्दै व्यापारी समक्ष हात जोडेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो। सो भिडियोमा उनले भनेका छन्, ‘सटरमा राखेर व्यवसाय गर्नुहोस्। यो सडक हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि होइन।’यसो भनेर व्यापारीलाई आग्रह गरिरहँदा व्यवसाय गर्ने सटर महानगरले व्यवस्थापन गरिदिने वा आफैँ सटर खोजेर राख्ने भन्ने विषय खुलाएनन्। यसो त काठमाडौं महानगरपालिकाको जिम्मेवारी सम्हाल्नु अगाडि नै फुटपाथ व्यवसा