राष्ट्रिय लोकदोहोरी महोत्सव सुरु

‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। महोत्सव पाँच दिनसम्म चल्नेछ। महोत्सवलाई डीएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको हो। महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्नुभयो। उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा इतिहास, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुति हुने भएकाले वास्तविक अभिव्यक्ति त्यहाँ मात्र पाइने उल्लेख गर्नुभयो। उपराष्ट्रपति पुनले विभिन्न जातजाती, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत संगीत देशको अमूल्य सम्पत्ति भएको बताउनुभयो। ‘कुनैबेला समुदाय विशेषका मेला, पाखा, वनजंगल, रोधी, चौतारी, विवाहलगायत विभिन्न उत्सवमा दोहोरी गीत गाउने चलन थियो’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘लोकदोहोरी आज गाउँबाट सहर पसेको छ। सहरमात्र होइन। विश्वका विभिन्न मुलुकमा पुगेको छ।’

सम्बन्धित सामग्री

राष्ट्रिय लोकदोहोरी महोत्सवमा गण्डकी दोहोरी साँझ प्रथम

काठमाडौं : चैत २६ गतेदेखि सुरु भएको 'राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८' सम्पन्न भएको छ। हिजो काठमाडौंको टुँडिखेलमा सम्पन्न भएको प्रतियोगितामा दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझ विजेता घोषित भएको छ। त्यसैगरी, दोस्रो स्थानमा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ भएको छ। सारोज सिंखडा र सिता घिमिरे…

‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा सुरु, ६७ समूहबीच प्रतिस्पर्धा

काठमाडौं । ‘राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सव शुभारम्भ गरे । विभिन्न जातजाति, भूगोल, धर्म संस्कृतिमा गाइने लोक संगीत देशको अमूल्य सम्पत्ति भएको उनले बताए । वनजंगल, रोधी, विवाहमा गुञ्जने लोकदोहोरी अन्तर्राष्ट्रियकरण हुँदै गएको उपराष्ट्रपति पुनले बताए । ‘लोकदोहोरी संगीतले व्यावसायिक रुप पनि लिइरहेको छ,’ पुनले भने, ‘यसबाट […]