धनगढी : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले प्रदेश समितिको नेतृत्व सर्वसम्मत चयन गर्न जोडबल गरिरहेको छ। सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा बिहीबारबाट प्रथम प्रदेश अधिवेशन सुरु भएको थियो।बिहीबार उद्घाटन सत्र सुरु भए पनि नेतृत्व चयन भने हुन सकेको छैन। नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन्।सभापतिसहिका पदाधिकारीहरूमा सर्वसम्मतिको प्रयास भइरहेकाले शुक्रबार बिहान ८ बजेका लागि तय भएको मनोनयन दर्तालगायतको निर्वाचन कार्यतालिकासमेत हेरफेर गरिएको प्रचारप्रचार समितिका प्रम