काठमाडौं : प्रशोधित पिउने पानीको गुणस्तरको समस्या बारम्बार सुनिँदै आएको हो। तर, अहिले पानीको तौलमै समस्या भएको पाइएको छ। गोखापत्र दैनिकमा सीता शर्मा लेख्छिन्, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको अनुगमनका क्रममा २० लिटर भनेर बिक्री भइरहेको पानीको जारमा १९ लिटर मात्रै हुने गरेको फेला पारेको हो। पानी उत्पादन उद्योगीहरू नै १९ लिटर क्षमता भएको पानीको जारमा २० लिटर भनेर बिक्री गर्दै आएको स्वीकार गर्छन्। विभागका निर्देशक होमनाथ भट्टराईले १९ लिटर क्षमता भएको जारलाई २०