लेबनानको संसद्ले आज बिहीवार पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुग्दा नयाँ राष्ट्रपतिको चुनाव अन्योलमा परेको त्यहाँकाे राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ ।
कुल एक सय २८ मध्ये एक सय आठ सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद् सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व–गृहमन्त्रीलाई एक मत परेको थियो ।
यसैगरी जियाद बराउड र लेबनानको उच्च परिषदको पूर्व–महासचिव जियाद हायेकका लागि एक मत परेको थियो भने ४७ भोट खाली ...