चितवन – उपचारका क्रममा बिरामीको ज्यान गएपछि आफन्तले चितवन मेडिकल कलेज भरतपुरमा तोडफोड गरेका छन् ।
भरतपुर महानगरपालिका– १३ का ३६ वर्षका रमेश कुँवर प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि भर्ना भएकोमा हिजो साेमवार बेलुका उपचारकै क्रममा ज्यान गएको विषयलाई लिएर आफन्तले आज मङ्गलवार अस्पतालमा तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हिजो नै कुँवरको मृत्युको विषयमा आफन्तलाई जानकारी दिइएको र हिजो कुनै प्रतिक्रिया नदिएका आफन्तले आज भने एक्कासी हुलसहित आएर तोडफोड गरेका अस्पतालले जनाएको छ ...