अमेरिका-इरान द्वन्द्व

इरानका विदेशमन्त्री जवाद जरिफ नयाँदिल्लीमा दुई साताअघि भएको ‘रायसिना डायलग’ मा सहभागी भएर नेपाल हुँदै स्वदेश फर्कन चाहेका थिए । त्यसका लागि दुई महिनाअघि इरानी दूतावासले नेपाली पक्षलाई जानकारी गराएको थियो । उनको भ्रमणको मुख्य उद्देश्य इरानको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनु रहेको देखिन्थ्यो । तर मन्त्री जरिफ नयाँदिल्लीबाटै फर्किए । किन त ? परराष्ट्र स्रोत भन्छ, ‘इरानकै आन्तरिक राजनीतिले गर्दा हो । सँगै नेपाली पक्ष पनि उत्साही भएन ।’

सम्बन्धित सामग्री

अमेरिका–इरान द्वन्द्व : नेपालीलाई फिर्ता ल्याउन पहल

अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ ।

अमेरिका–इरान द्वन्द्व अझै चर्किने, इरानले अमेरिकी ड्रोन खसालेको पुष्टि

स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। इरानको इस्लामिक रिभोलुसन गार्डस् कोर (आइआरजिसी)का अनुसार बिहीवार सबेरै उक्त जासुसी ड्रोन ...