काठमाडौं। पश्चिम बंगाल, असम, केरला, तामिलनाडु तथा पुड्डुचेरीमा विधानसभा निर्वाचनमा लज्जाजनक हार व्यहोरेको कांग्रेसले चुनावी नतिजालाई विनम्रता र जिम्मेवारीका साथ स्वीकारेको छ। भारतमा लामो समय सत्तामा रहेको कांग्रेस पछिल्लो समय निकै कमजोर देखिएको छ। ती स्थानमा प्राप्त नतिजापछि कांग्रेसले जनताले आफ्नो पार्टीलाई आगामी पाँच वर्ष सत्तामा देख्न नचाहेको बताएको छ। पश्चिम बंगालमा कांग्रेसले वामपन्थीसँग गठबन्धन गर्दा पनि खाता खोल्न सकेन।