जनकपुरका स्थानीय जनप्रतिनिधिहरूले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् ।
चाडपर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइ गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिशोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरूले फोहोर फालेर विरोध गरेका हुन् ।
उनीहरूले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दासमेत कुनै चासो नदिएको आरोप लगाएका छन् ।
शुभ दीपावली नजिकिँदै फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरूले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनीसमेत दिएका छन् ।...