पोखरा । गण्डकी प्रदेशकाका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत लिनका लागि २३ गते ३ बजेका लागि संसद बैठक बोलाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद सचिवालयमा पत्र दर्ता भएपछि बैठकको समय निर्धारण गरिएको सभामुख कृष्णप्रसाद धितालले बताए । सर्वोच्च अदालतले अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उनले संविधान अनुसार वैशाख २४ सम्म विश्वासको मत लिनुपर्छ । […]