विभिन्न नाममा थोपरिएका अनावश्यक करकै कारण पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पेट्रोलियम बिक्री–वितरण गर्ने एकाधिकार पाएको नेपाल आयल निगम भन्छ— अन्तर्राष्ट्रिय बजारमै इन्धनको भाउ बढेकाले र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ सूची अनुसार मूल्य बढाउनुपरेको हो । तर, तथ्य त्यति मात्र होइन ।