सरकारले मुहम्मद जयन्तीको अवसरमा मंगलबार मुस्लिम समूदाय सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मोहम्मद जयन्ती (१४९६) को अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसैबीच दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीलाई शुभकामना दिएका छन् । मुस्लिम धर्मावलम्बीहरूको धर्म प्रवर्तक हजरत मुहम्मद सल्लल्लाहो अलैहो वो सल्लमको जन्म दिनमा यो दिवस मनाउने गरिन्छ ।