हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार सम्पन्न भएको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै बिहीबार भाइटीका लगाएसँगै तिहार सम्पन्न भएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।कलाकारहरुले पनि आफ्नो आफ्नो दाजुभाइ तथा दिदीबहिनीलाई टीका लगाउने–लगाउने गरेर मनाएका छन् ।कलाकारको भाइटीकाका केही तस्बिर हेर्नुहोस्ः