७ महीनामा ६३ % घट्यो पेट्रोलियम पदार्थको आयात

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को ७ महीनामा नेपालमा पेट्रोलियम पदार्थको आयात ६३ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको साउन–माघको तुलनामा चालू आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयात ६३.८६ प्रतिशतले घटेको हो । हवाई इन्धनको परिणाम ह्वात्तै घट्दा पेट्रोलियम पदार्थको आयात परिणाम उच्च दरमा घटेको हो ।  भन्सार विभागका अनुसार गत आवको तुलनामा चालू आवमा हवाई इन्धनको परिणाम ९५.६३ प्रतिशतले घटेको छ । गत आवको साउन–माघमा २३ लाख ६० लाख १२ किलोलिटर आयात भएको हवाई इन्धन चालू आवको सोही अवधिमा १ लाख २ हजार ९९२ किलोलिटर मात्रै आयात भएको छ ।  हवाई इन्धनसँगै अन्य पेट्रोलियम पदार्थको आयात पनि चालू आवको समीक्षा अवधिमा घटेको छ । चालू आवको ७ महीनामा ३ लाख ८७ हजार ६५१ किलोलिटर पेट्रोल, ६ हजार ६४ किलोलिटर मट्टितेल, ६ लाख ७९ हजार ८०२ किलोलिटर डिजेल र २ लाख ९३ हजार ९२२ मेट्रिक टन एलपी ग्यास आयात भएको छ ।  गत आवमा भने ४ लाख २१ हजार १७२ किलोलिटर पेट्रोल, ९ हजार ५१२ किलोलिटर मट्टितेल, ९ लाख ६८ हजार ५५७ किलोलिटर डिजेल, २३ लाख ६० लाख १२ किलोलिटर हवाई इन्धन र ३ लाख ९ हजार ७५६ मेट्रिक टन एलपी ग्यास आयात भएको छ ।  आयातबाट बाहिरिने रकम बढ्यो  यो अवधिमा आयात परिणाम घटे पनि यसबाट बाहिरिने रकम भने बढेको छ । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट १ अर्ब ४८ अर्ब रुपैयाँ बाहिरिएकोमा चालू आवको सोही अवधिमा १ खर्ब ७० अर्ब रुपैयाँ बाहिरिएको छ ।  गत र चालू आवमा आयात कति ?  इन्धन  आव ०७९/०८० (७ महीना) आव ०७८/०७९ (७ महीना) पेट्रोलियम पदार्थ परिमाण मूल्य रुपैयाँमा परिमाण मूल्य रुपैयाँमा पेट्रोल  387651 किलि 38733316 421172 किलि 33565503 मट्टितेल 6064 किलि 781041 9512  किलि 744462 हवाई इन्धन 102992 किलि 12976014 2360012 किलि 6407507 डिजेल 679802 किलि 84616417 968557 किलि 72961964 एलपिजी 293922 मेट्रिक टन 33342932 309756 मेट्रिक टन 34694246 ‘विकास निर्माण नहुँदा घट्यो’  नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले विकास निर्माणका कार्य नहुँदा चालू आवमा पेट्रोलियम पदार्थको आयात घटेको बताए । पूँजीगत खर्च पर्याप्त नहुँदा विकास निर्माणका कार्य प्रभावित भएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार चालू आवको ७ महीनाको पूँजीगत खर्च १८ प्रतिशत मात्रै छ ।  पेट्रोलियम पदार्थको आयात घट्नुमा विकास निर्माण नहुनुको असर मात्रै छैन, नेपालको तुलनामा भारतमा पेट्रोलियम पदार्थको मूल्य कम हुनुको असर पनि देखिएको छ । प्रवक्ता उपाध्याय पनि यो कुरा स्वीकार्छन् । उनका अनुसार पछिल्लो केही महीनायता नेपालको तुलनामा भारतले डिजेलमा प्रतिलिटर २५–३० र पेट्रोलमा २०–२२ रुपैयाँ सस्तो दिँदै आएको छ । ‘यसले गर्दा हाम्रोमा विक्री पनि कम भइरहेको छ । त्यसले गर्दा आयात पनि घटेको छ,’ उनले भने ।  भारतमा मूल्य सस्तो भएपछि सीमावर्ति क्षेत्रमा बासिन्दा सवारी साधनमा पेट्रोल–डिजेल हाल्न भारतीय सीमावर्ति बजार पुग्ने गरेका छन् ।  घट्यो राजस्व  नेपालमा आयात हुने वस्तुमा सर्वाधिक हिस्सा पेट्रोलियम पदार्थको छ । चालू आवको ७ महीनामा यसको आयात घट्दा राजस्व संकलनमा पनि असर परेको छ । भन्सार विभागका अनुसार चालू आवको साउन–माघमा पेट्रोलियम पदार्थको आयातबाट ५६ अर्ब ८८ करोड १७ लाख १८ हजार रुपैयाँ राजस्व उठेको छ  । गत आवको सोही अवधिमा यो रकम ६१ अर्ब ६९ करोड ८५ लाख ७१ हजार रुपैयाँ थियो । अर्थात् गत आवको तुलनामा चालू आवमा ७ दशमलव ८० प्रतिशत राजस्व घटेको छ । 

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो

दैलेख – पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया अन्तर्गतको मुआब्जा वितरणलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका थिए । पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत मुआब्जा वितरण प्रक्रिया अघि बढाएको थियो । भैरवी–१ रावतकोटका २७ घरलाई प्रतिरोपनी १ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा दिने प्रक्रिया अघि बढाएपछि स्थानीयले वि...

ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी हुने गरेको पाइएको छ। भारतबाट पेट्रोलियम पदार्थ लोड गरेर वीरगञ्ज भन्सार नाका हुँदै नेपाल आउने ट्यांकरबाटै तेल तस्करी हुने गरेको छ। वीरगञ्जको आइसिपी भन्सार नाकामा चेकजाँचका क्रममा भारतको बरौनीबाट पेट्रोल लिएर आएको ट्यांकरमा बढी पेट्रोल भएको पाइएपछि पेट्रोलियम पदार्थको तस्करी भन्सार […]

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित

२ भदौ, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित भएको छ । नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा समायोजनलगायत माग राखी बिहीबारबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तर, नेपाल आयल निगमका केही सञ्चालक नेपाल बाहिर रहेको र उनीहरु आएपछिको सञ्चालक समिति बैठकबाट आवश्यक निर्णय गर्ने सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको […]

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

मुलुकमै पेट्रोलियम पदार्थ उत्पादन गर्ने उद्देश्यसहित दैलेख जिल्लाको ज्वाला क्षेत्रमा जारी पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी …

दैलेखको पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थपियो

दैलेख : पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ। जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो। पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताए। उनले कोभिड महामाहारीका कारण बन्द भएको काम चिनियाँ टोली नेपाल आउनसाथ पेट्रोलियम पदार

पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले...

पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

दैलेख – पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय […]

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न समय थप गरियो

काठमाडौँ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरिएको छ। जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि दुई वर्ष थपिएको हो। पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय […]

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न थपियो दुई वर्ष

दैलेख : पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरिएको छ। जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि दुई वर्ष थपिएको हो।पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा.गणेशनाथ त्रिपाठीले बताए।डा.त्रिपाठीले चिनिया टोली नेपाल आउन साथ दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण

तेस्रो चरण पेट्रोलियम पदार्थ उत्खननका लागि चिनिया टोली

पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केहि समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाएको छ । तस्वीर रासस