अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्रमार्फत आफूले अर्थतन्त्रको अनुहार प्रस्तुत गरेको बताएका छन् ।
उनले आफूले पेश गरेको तथ्याङ्क गलत भए त्यसको जिम्मा लिन आफू तयार रहेको बताए ।
बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा देशको वर्तमान आर्थिक अवस्थाबारे श्वेतपत्र सार्वजनिक गरेपछिको प्रश्नोत्तरमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले देशको अर्थतन्त्रको वास्तविक चित्र पेश गरेको र कतै आग्रह पूर्वाग्रह नराखिएको बताएका हुन् ।
‘अर्थतन्त्रको ऐना प्रस्तुत गरेको छु, देशको अर्थतन्त्रको अनुहार देखाएको हो, जसरी हेर्यो त्यस्तै देखि...