काठमाडौं : नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ। आर्थिक वर्ष २०७८।०७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो। दिगो विकासको लक्ष्यअनुसार सन् २०३० मा प्रजनन दर २.१ पुर्याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा जनाइएको छ। यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर र नवजात शिशु मृत्युदर पनि दिगो विकास लक्ष्यअनुसार घटाउन सफल भएको देखिएको छ। मातृ स्वास्थ्यसम्बन्धी अन्य सूचकको चालू आवको फागुनसम्मको उपलब