कोरोना संक्रमित बढ्दै, ६९ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं। देशका ७७ मध्ये ६९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा कोराना संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ। गृहका अनुसार हालसम्म निषेधाज्ञा जारी गरिएका जिल्लामध्ये ११ जिल्लामा आंशिक र ५८ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञामा अत्यावश्यक सेवाका बाहेक अन्य सवारीसाधनलाई चल्न दिइएको छैन। मानिसहरुको हिँडडुलमा समेत कडाई गरिएको छ।

सम्बन्धित सामग्री

उपत्यकामा थपिए ४७६ जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा काठमाडौंमा ३१० जना, ललितपुरमा ९९ जना र भक्तपुरमा ६७ जना कोरोना संक्रमित थपिएका हुन्। उपत्यकामा कोरोना संक्रमित बढेपछि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ।

काठमाडौं उपत्यकामा आज थपिए एक हजार ९३ जना कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा आज एक हजार ९३ जना कोरोना संक्रमित थपिएको जनाएको छ। जसअनुसार काठमाडौंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमण उच्च भएका कारण उपत्यकाका तीन वटै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञा जारी भएपछि थपिए २९.२२ प्रतिशत कोरोना संक्रमित

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण तथा रोकथाम गर्न स्थानीय प्रशासनहरुले निषेधाज्ञा लगाउन सुरु गरेयता देशभर १ लाख २८ हजार ४६९ संक्रमित थपिएका छन्। यो भनेको हालसम्म नेपालमा पुष्टि भएका कोरोना संक्रमित संख्याको २९.२२ प्रतिशत हो। नेपालमा हालसम्म ४ लाख ३९ हजार ६५८ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा रहेका कूल संक्रमितमध्ये ३ लाख २७ हजार ६५३ जना निको भइसकेका

आज रातिबाट भोजपुरमा पनि निषेधाज्ञा, ७२ जिल्लामा एकै हाल

काठमाडौं : आज राति १२ बजेदेखि भोजपुरमा पनि  निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमित थपिँदै गएपछि भोजपुरमा पनि राति १२ बजेदेखि जेठ १२ गते १२ बजे रातिसम्मको लागि निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। भोजपुरमा निषेधाज्ञा जारी भएसँगै निषेधाज्ञा लागू हुने जिल्लाको सङख्या ७२ पुगेको छ। बाँकी ५ जिल्लाहरुमा मात्र निषेधाज्ञा भएका…

कोरोना संक्रमित बढ्दै, ६९ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं। देशका ७७ मध्ये ६९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा कोराना संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ। गृहका अनुसार हालसम्म निषेधाज्ञा जारी गरिएका जिल्लामध्ये ११ जिल्लामा आंशिक र ५८ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञामा अत्यावश्यक सेवाका बाहेक अन्य सवारीसाधनलाई चल्न दिइएको छैन। मानिसहरुको हिँडडुलमा समेत कडाई गरिएको छ।

काठमाडौं उपत्यकामा थपिए ४ हजार १९८ कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा कूल ४ हजार १९८ जना कोरोना संक्रमित थपिएको जनाएको छ। मन्त्रालयका अनुसार सो अवधिमा काठमाडौंमा ३ हजार १ सय ६१ जना, भक्तपुरमा ५०४ जना र ललितपुरमा ५३३ जनामा कोरोना पुष्टि भएको थियो। प्रत्येक दिन कोरोना संक्रमित बढेपछि उपत्यकाका तीनवटै जिल्लामा करिब दुई सातादेखि निषेधाज्ञा जारी गरिएको छ।

रुपन्देहीमा आज ७९७ कोरोना संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु

बुटवल : रुपन्देहीमा निषेधाज्ञा जारी भएपनि कोरोना संक्रमित थपिने क्रम बढिरहेको छ। निषेधाज्ञालाई कडा बनाएको दावी गरेपनि रुपन्देहीमा अहिले सम्मकै बढी संक्रमित थपिएका हुन। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुटवल उपमहानगरमा मात्र ३३२ जना नयाँ संक्रमित थपिएका…

झापामा निषेधाज्ञा जारी

कोरोना संक्रमित बढेपछि झापामा आइतबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले वैशाख १९ गते मध्य रातदेखि लागू हुने गरि २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए । कोरोनाको दोश्रो लहर शुरु भए यता झापामा ३३८ जना सक्रिय संक्रमित संख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाइले जानकारी दिए । शुक्रवारसम्ममा कोभिडका कारण झापामा १३४ जनाले ज्यान गुमाइसकेका छन । निषेधाज्ञा अवधिभर जोर बिजोर प्रणाली अनुस

आज उपत्यकामा थपिए साढे १५ सयभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबीस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा एक हजार पाँच ६१ जना नयाँ कोरोना संक्रमित थपिएको जनाएको छ। मन्त्रालयकाअनुसार काठमाडौंमा एक हजार १२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जनामा आज कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमित बढेकाकारण आजबाट तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

पाँचजना कोरोना संक्रमित थपिदा कालिकोटमा आंशिक निषेधाज्ञा

१४ वैशाख, काठमाडौँ । कालिकोटमा ५ जना कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले आंशिक निषेधाज्ञा जारी गरेको छ । वैशाख ९ गते एकजनामा कोरोना संक्रमण र कन्ट्याक्ट ट्रेसिङबाट १० गते चारजना गरी पाँचजनामा कोरोना संक्रमण देखिपछि प्रशासनले आंशिक निषेधाज्ञा गरेको हो । प्रशानसनले विज्ञप्तिमा भनेको छ, ‘ जिल्लाको खाँडाचक्र नगरपालिका वडा ११ रेङ्गालीमा २०७८/०१ […]