बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेताका लागि देउवा पक्षमै रस्साकस्सी देखिएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।मुख्यमन्त्री बन्न संसदीय दलको नेता बन्नु पर्ने प्रावधान रहेको छ । सोही अनुसार दलको नेता बन्न दुवै नेताहरु तीव्र लविङमा छन् । दुवै जना कांग्रेसको संस्थापन पक्षका नै हुन् । दलको नेता चुनिन बानियाँ र लामा दुवै निर्वाचन जितेदेखि नै काठमाडौंमा नै रहेका छन् ।संसदीय दलको नेता बन्ने दौडमा रहेका दुवै नेताहरु