काठमाण्डाै - ठूला अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्न थालेका छन् । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता नदिने जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बीएण्डसी मेडिकल कलेज झापा र नोबेल मेडिकल कलेज विराटनगर, धुलिखेल अस्पतालले बोर्डले नै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने जनाएको बताएका छन् । वीर र पाटन अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि भुक्तानी पाएका छैनन् ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका बिरामीलाई उपचार ...