संघ र लुम्बिनी प्रदेशमा सरकार गुमाएर प्रमुख प्रतिपक्षी दलको बेञ्चमा पुगेको नेकपा एमाले र सभामुखबीच नयाँ खालको द्वन्द्व शुरू भएको छ ।
प्रतिनिधि सभा र लुम्बिनी प्रदेश सभाका सभामुखसँग प्रमुख प्रतिपक्षी दल एमालेको द्वन्द्व शुरू भएको हो । सभामुखको भूमिकामाथि एमालेले प्रश्न उठाएको छ ।
माधव नेपालसहित १४ जनामाथि पार्टीले गरेको कारवाहीको सूचना प्रकाशित नगरेको भन्दै एमाले सांसदहरूले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको कार्यकक्षमै पुगेर विरोध जनाएका छन् ।
प्रतिनिधि सभाको अधिवेशन चलेको भए यही विषयलाई लिएर सदन अवरुद्...