ललिता निवासको जग्गा खाली गर्न बालेनको उर्दीविरुद्ध पाटन उच्च अदालत- फैसला अन्तिम नभएकाले अन्तरिम आदेश

काठमाडौं। व्यक्तिको नाममा दर्ता रहेको ललिता निवासको सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरपालिकाले दिएको हदम्यादविरुद्ध पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रकाश खरेलको एकल इजलासले दुई वटा आधारलाई टेकेर काठमाडौं महानगरपालिकाको निर्देशनविरुद्ध अन्तरिम आदेश दिएको हो। विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रमाणित गरेको थियो। त्यसयता काठमाडौं महानगरपालिकाले ती जग्गा खाली […]

सम्बन्धित सामग्री

सुर्तिजन्य पदार्थ किनबेच गर्न दिनू : पाटन उच्च अदालत

काठमाडौं- पाटन उच्च अदालतले सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न दिन महानगरका नाममा अन्तरिम आदेश जारी गरेको हो । यसअघि काठमाडौं महानगरको निर्णयविरुद्ध श्रीराम टोबाको उद्योगले मुद्दा दायर गरेको थियो ।

प्रहरीलाई समाचारको स्रोत माग्न बाटो खुला: पाटन उच्च अदालत

उच्च अदालत पाटनले अनलाइन पत्रिकासँग सूचनाको माग्न प्रहरीलाई बाटो खुल्ला गरिदिएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश नीता गौतम दीक्षितको संयुक्त इजलासले मंगलबारको सुनुवाईपछि सूचनाको स्रोत माग्न पाउने बाटो खुल्ला गरिदिएको हो । दुवैपक्षसँगको छलफलपछि अदालतले अनलाइनपत्रिकाहरुले प्रहरी कारबाही रोक्न गरेको अपिलमाथि अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।