सुर्तिजन्य पदार्थ किनबेच गर्न दिनू : पाटन उच्च अदालत

काठमाडौं- पाटन उच्च अदालतले सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न दिन महानगरका नाममा अन्तरिम आदेश जारी गरेको हो । यसअघि काठमाडौं महानगरको निर्णयविरुद्ध श्रीराम टोबाको उद्योगले मुद्दा दायर गरेको थियो ।