कर्णाली – राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गरेकी छन्। अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी उनले आज अपराह्न वीरेन्द्रनगर–९ स्थित कांक्रेविहारको अवलोकन गरेकी हुन्। राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न जरुरी रहेको धारणा राखिन्। साथै उनले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राखेकी थिइन्। वीरेन्द्रनगर […]