भूकम्पको केन्द्रबिन्दु बिच्छयाँ सञ्चार सम्पर्कबाहिर

११ माघ, बाजुरा । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प गएको बिच्छयाँको बारेमा अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डीएसपी सूर्यबहादुर थापाले बताएका छन् । भुकम्पका कारण गौमुल गाउँपालिका २ कि ३२ बर्षीय जमुना रोकायाको मृत्यु भएको […]

सम्बन्धित सामग्री

भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प

काठमाडौं– भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साँझ ८ बजेर ५० मिनेटमा भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर  ३.२ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि साँझ ८ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो। यो पनि… काठमाडौंमा भूकम्पको धक्का

सुदूरपश्चिम केन्द्रबिन्दु भएर दुई भूकम्पको धक्का

सुदूरपश्चिमको केन्द्रबिन्दु भएर दुई वटा भूकम्पको धक्का महशुस गरिएको छ।

दोलखासँगै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडाैँ – दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु […]

अछाम केन्द्रबिन्दु भएर भूकम्प

अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डाै - बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर मङ्गलवार राति तीन पटकसम्म भूकम्प गएको थियो । भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा ६ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प

काठमाण्डाै - सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेट जाँदा  सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ५ सय ७९ परकम्प गएको छ ।

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।  बिहान ६.०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।