भूकम्प पीडितलाई एक्सपर्टको राहत

जाजरकोट र रुकुम (पश्चिम)का भूकम्प पीडितलाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले राहत सामग्री वितरण गरेको छ।...

सम्बन्धित सामग्री

भूकम्प पीडितलाई राहत सामग्री सहयोग

नेपाल मगर समाज तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमको सहकार्यमा इनगेज नेपाल र होमनेट नेपालको सहयोगमा भूकम्प पीडित घरपरिवारलाई राहत सामग्री सहयोग गरिएको हो ।

सीडीओहरू मन्त्री र सांसदको चाकडीमा, भूकम्प पीडित राहतको पर्खाइमा [भिडियो]

मन्त्री र सांसदहरूलाई मात्रै स्वागत गर्नुपरेपछि  भूकम्प पीडितलाई राहत वितरण गर्ने कुरामा समस्या आएको छ ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । जाजरकोटको बारेकोट गाउँपालिका वडा नं एक रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राती गएको भूकम्पबाट पीडितको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका हुन् । शुक्रवार पौने […]

फलेवासको चर्किएको बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण : भूकम्प पीडितलाई राहत

चैत १७, पर्वत । पर्वतको फलेवास नगरपालिका ८ अर्चलेका ६७ वर्षिया बुद्धिसरा विकलाई २०७२ सालको भूकम्प अहिले पनि मानसपटलमा झलझली आउँछ ।  घरका ६ जना परिवार सकुसल भएपनि बस्दै आएको घर र आँगन भूकम्पले भत्कियो । भूकम्पपछि पालमा बस्दै आएका बुद्धिसराको परिवार ६ वर्षपछि सुरक्षित स्थानमा सरेको छ । छतिवनटारीमा एकीकृत बस्ती बनाएर बुद्धिसराको परिवार स्थानान्तरण भएको हो ।  ‘अहिलेपनि भूकम्प गएको दिनको सम्झना आइरहन्छ,’ बुद्धिसराले भनिन्,  ‘धन्न बाँचियो र अहिले यहाँ पक्कि घरमा बस्न पाइयो ।’ घामपानी छलेर छानामुनीको घरमा सर्दा उनका आँखा रसाए । बुद्धिसरा सहित अर्चलेका १२ दलित समूदायका घर परिवार असुरक्षित रहेको अर्चलेबाट सोहि वडाको छतिवनटारीमा स्थानान्तरण भएपछि राहतको सास फेरिरहेका छन् ।  भूकम्पले बस्ती चिराचिरा परेपछि त्रासमा रहेका स्थानीयलाई भूकम्प गएको ६ वर्षपछि एकीकृत बस्तीमा सारिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् भने खानेपानी, विजुली र सडक बनाउन फलेवास नगरपालिकाले लगानी गरेको छ । बस्ती निर्माणमा करिव २ करोड खर्च भएको छ । सरकारले जोखिममा रहेको बस्ती स्थानान्तरण गरेपछि अहिले राहातको महसुस गरेको स्थानीय ईश्वर विश्वकर्माले बताए ।  उनले पहिलेको त्रास अहिले हटेको बताउँदै बस्तीमा सुरक्षित बस्न पाउँदा खुशी लागेको सुनाइन् । ‘भूकम्प गएको ६ वर्षसम्म दुःख कष्टले दिन बिताइयो,’ विकले भनिन्,‘ ढिलो भएपनि बलियो ठाउँमा सर्न पाइयो । यसैमा हर्ष लागेको छ ।’ एकै प्रकारका घरमा एकै किसिमको रङ लगाइएको छ । बस्तीमा पानी, सडक, विजुलीको सुविधा पुगेको छ । वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार बस्ती नजिकै विद्यालय नहुँदा भने समस्या छ । चाँडै प्राथमिक तहको विद्यालय समेत नजिकै निर्माण गर्ने तयारीमा रहेको कुँवरले सुनाए । आयआर्जनका लागि फलेवास नगरपालिकाले सामूहिक आरन उद्योग समेत सञ्चालनमा ल्याएको कुँवरले बताए ।  एकीकृत बस्तीको बारेमा जानकारी गराउँदै स्थानीय डिलबहादुर विकले भूकम्पले भत्किएको पुरानो बस्तीमा घर बनाउँदा फेरि पनि उच्च जोखिम हुने भनी भूगर्वविदहरुले बताएका कारण बस्तीलाई नयाँ ठाउँमा सारिएको बताए ।  बस्ती निर्माणका अभियान्ता विकका अनुसार पूर्वाधार विकासमा ४७ लाख, निर्माणका लागि प्राधिकरणको ३६ लाख, उपभोक्ताको तर्फबाट प्रतिघर ३ लाखका दरले ३६ लाख, जग्गा खरिदमा २४ लाख, बाटो, विद्युत्, खानेपानी, सडक र उद्योग सञ्चालनका लागि नगरपालिकाको ३५ लाख रुपैयाँ लगानी भएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रति परिवार तीन लाख रुपैयाँ दिएकोमा भूकम्प पीडित स्वयंले पुनः तीन लाख रुपैयाँ थप गरेर घरहरु निर्माण गरिएका बिकले बताए । बस्ती निर्माण सहित बासिन्दाका लागि आवश्यक भौतिक संरचना समेत निर्माण गरेर भूकम्प पीडितहरु नयाँ बस्तीमा सरेसँगै सोमवार प्रतिनिधि सभाका सदस्य पदम गिरीले बस्तीको उद्घाटन गरेका थिए ।  गिरीले बस्तीमा आवश्यक पर्ने थप पूर्वाधार निर्माणका लागि राज्यको तर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिए । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले एकीकृत बस्ती पर्वतकै नमूना बस्ती रहेको बताए ।