देउवाको महत मोह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा डा. प्रकाशशरण महत रोजेका छन् । निवर्तमान सह–महामन्त्री महतलाई देउवाले प्रवक्तामा मनोनीत गरेका हुन् । देउवाका विश्वास पात्र केन्द्रीय सदस्य रमेश लेखक प्रवक्ता बन्ने चर्चाका बीच महामन्त्रीमा पराजित महतले प्रवक्तामा बाजी मारेका हुन् ।महामन्त्री विश्वप्रकाश शर्मा लगायतले लेखकलाई प्रवक्ता बनाउन लबिङ गरे पनि महत प्रवक्ता बन्न सफल भए । देउवा टीममा विद्रोह गरेर महामन्त्रीमा महतलाई रोक्न सफल भएका शर्मा प्रवक्तामा रोक्न भने असफल भए ।&

सम्बन्धित सामग्री