रुपन्देही-५ मा एमालेका बासुदेव घिमिरेलाई आधिकारिकता प्रदान

रुपन्देही-५ मा नेकपा एमालेको तर्फबाट बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । आइतबार रुपन्देही-५ मा एउटै पार्टीका दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । यही क्षेत्रबाट प्रतिनिधिसभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।

सम्बन्धित सामग्री

रुपन्देही - ५ : एमालेका बासुदेव घिमिरे निर्वाचित

रुपन्देही - रुपन्देहीको क्षेत्र नम्बर ५ मा एमालेका बासुदेव घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरे ३६ हजार ८२२ मतसहित निर्वाचित हुनुभएकाे हाे। उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भरत शाहले २७ हजार १२० मत पाउनु भएको छ । घिमिरे र शाहबीचको मतान्तर ९ हजार ७०२ रहेको छ । यस्तै, प्रदेश सभा ५ 'क' मा एमालेका भूमिश्वर ढकाल र ५ 'ख' मा जनमत पार्टीका चन्द्रकेस गुप्ता विजयी हुनु भएको छ ।

रुपन्देही ५ मा एमालेका बासुदेव घिमिरेको विजयी

बुटवल  । रुपन्देही-५ मा नेकपा (एमाले)का बासुदेव घिमिरे विजयी हुनु भएको छ। उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गरेका हुन । गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गरेको मुख्य […]

रुपन्देही ५ : शाह र घिमिरेको मुख्य प्रतिस्पर्धा

कांग्रेसका भरतकुमार शाहको एकछत्र वर्चस्व रहेको क्षेत्रमा एकाएक तिलोत्तमा नगरपालिकाबाट नमुना काम गरेर राष्ट्रिय छवि बनाएका एमालेका बासुदेव घिमिरे चुनावी मैदानमा उत्रिएपछि मौसम चिसिँदै गए पनि लुम्बिनीको चुनावी तापक्रम निकै बढेको छ ।

रुपन्देही–५ मा एमालेका बासुदेव घिमिरेले पाए आधिकारिकता

बुटवल – रुपन्देही–५ मा नेकपा एमालेको तर्फबाट बासुदेव घिमिरेले आधिकारिकता पाएका छन्। आइतबार रुपन्देही–५ मा एमालेकै तर्फबाट दुई जनाको उम्मेदवारी दर्ता भएको थियो। यही क्षेत्रबाट प्रतिनिधिसभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए। घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन निर्देशिका २०७८ […]

रुपन्देही ५ मा एमालेबाटै २ जनाको मनोनयन दर्ता

२२ असोज, बुटवल । रुपन्देही ५ मा नेकपा एमालेका तर्फबाट दुई जनाको मनोनयन दर्ता भएको छ । तिलोत्तमाका पूर्व मेयर बासुदेव घिमिरे र खिमलाल भट्टराईले एमालेबाट मनोनयन दर्ता गराएका हुन् । निर्वाचन कार्यालयले दुवै जनालाई एमालेको तर्फबाट मनोनयन दर्ताको निस्सा दिएको छ । घिमिरेको दर्ता नम्बर ११ र भट्टराईको दर्ता नम्बर १७ छ । पार्टीबाट […]