सुर्खेत : सरकारले जेठ १ गतेदेखि लागू हुने गरी इन्धन खपत कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले सरकारी सवारी साधनमाथि कडाई गर्न थालेको छ।सार्वजनिक विदाका दिन सरकारी सवारी साधन चलाउन नपाइने सरकारको निर्णय अनुसार सुर्खेत प्रशासनले सेतो नम्बर प्लेटका सवारीमाथि कडाई गर्न थालेको हो।आइतबार वीरेन्द्रनगरका विभिन्न ठाउँबाट ५ वटा सरकारी नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिइएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार नियन्त्रणमा लिइएका सवारी