काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादलाई नेकपा एमालेले कुरूप बनाउँदै लगेको आरोप लगाएका छन्। जबजबारे केन्द्रीय कमिटी सदस्यहरूको धारणालाई प्रष्ट पार्दै अध्यक्ष नेपालले भने, ‘जनताको बहुदलीय जनवाद पनि मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको सन्दर्भमा देखापरेको त्यसको सिर्जनात्मक अध्याय हो। यसलाई हामीले थप विकसित गर्नेछौँ।’ जबजको सिद्धान्त र विचारलाई टेकेर समाजवाद र समृद्धिको बाटोमा लाग्ने प्रष्ट पारे। ‘आजभन्दा अगाडी नेक