बागलुङ : संविधानले गाउँ तथा नगरपालिकाको प्रमुख या उपप्रमुखमा एक महिला अनिवार्य गरेको छ।एउटै चिन्हबाट चुनाव लड्दा प्रमुख र उपप्रमुख महिला पुरुष हुने व्यवस्था गरे पनि फरक फरक चुनाव चिन्हबाट चुनाव लड्दा यो व्यवस्था लागू नहुने स्पष्ट उल्लेख हुँदा बागलुङमा यस पटक महिला जनप्रतिनिधि निकै कम चुनिएका छन्।बागलुङको १० स्थानीय तहमा एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन्।मत परिणाम सार्वजनिक भइसक्दा ८५ वडा अध्यक्षमा सबै पुरुष हाबी भएका छन्। महिलाको संख्या भने