सदरमुकाम तानसेनकै विद्यालयमा स्वास्थ्य मापदण्ड पालनामा लापरबाही देखिएको छ । जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले स्थानीय तहको समन्वयमा विद्यालय खुल्न छुट दिएपछि असोज पहिलो सातादेखि यहाँका सरकारी र निजी विद्यालय खुलेका हुन् । तर, सबै विद्यालयमा पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरेको पाइएको छैन ।