भादगाउँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षीया अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर निवासी ९३ वर्षीया गङ्गालक्ष्मी श्रेष्ठलाई उनकै निवासमा नागरिकताको प्रतिलिपि प्रदान गरेको हो । विसं १९८६ भदौ ७ गते जन्मिएकी श्रेष्ठले विसंं २०४४ फागुन ५ गते नागरिकताको प्रमाणपत्र लिएकी थिइन् । […]