चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७८ अर्ब रुपैयाँको आयात हुँदा २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । बजारमा इन्धनको माग बढ्दै गएकाले पेट्रोलियम पदार्थ सवैभन्दा धेरै आयात भएको हो । मुलुकमा आयात हुनेमा सवैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १० महिनामा २ खर्ब ६ अर्ब ९० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । बढ्दो विलासीताले सवारी साधनको प्रयोग बढेसँगै बजारमा इन्धन खपत बृद्धि हुँदै गएको हो ।